प्रचण्ड र काजीको चीन भ्रमणमा प्रतिष्पर्धा – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

प्रचण्ड र काजीको चीन भ्रमणमा प्रतिष्पर्धा

काठमाडौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठबीच चीनसँग कसले राम्रो सम्वन्ध बनाउने भन्दै चीन भ्रमणको प्रतिष्पर्धा हुन थालेको छ ।

प्रवक्ता श्रेष्ठले नेकपाको शीर्ष नेताहरुको बैठकपछि आफ्नो नेतृत्वमा चीनको भ्रमण गर्न उच्च स्तरिय प्रतिनिधिमण्डल चीन जाने कार्यक्रम सार्वजनिक गरेका थिए । तर त्यसको केही दिन पछि नै अध्यक्ष प्रचण्डले नारायणकाजीको भन्दा ठीक पछि चीन भ्रमणको तयारी सार्वजनिक गरेका छन् ।

प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्ने र त्यसको एक सातापछि मात्र असोज एक गतेदेखि एकहप्ता लामो चीन भ्रमण बताएका छन् । पार्टी पदाधिकारीको हैसियतमा पार्टी प्रवक्ता समेत रहेका नारायणकाजीले भने सात सदस्यीय नेकपाको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ २७ देखि असोज ३ गतेसम्म भ्रमण गर्ने सूचना सार्वजनिक गरिसकेका छन् ।

प्रवक्ताबाट राजिनामा दिएको भनिए पनि उनको राजिनामा स्वीकृत अझै भएको छैन । नेकपाको एकीकरण पछि प्रचण्ड पहिलो पटक विदेश भ्रमणमा निस्कन लागेका हुन् । प्रचण्डको भ्रमणलाई पहिले आफ्नो देशमा गराउनको लागि काठमाडौंमा रहेका भारतीय र चिनिया दूतावास सक्रिय भए पनि प्रचण्डले पहिले भारतको भ्रमण गर्ने निर्णय गरेका छन् ।

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७५ श्रावण २८, ०८: ३६

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७५ श्रावण २८, ०८: ३६

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७५ श्रावण २८, ०८: ३६

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...