दामोदर खनाल
जसले पत्रिकाको लागि समाचार खोज्ने काम गर्छ उसलाई पत्रकार भनिन्छ । आज आएर यो व्याख्या पनि विस्तृत भएको छ । यसको दायरा फराकिलो भएको छ । अडियो, भिडियो, अनलाइन सबैलाई पत्रकारिताको दायरामा राखिएको छ । प्रश्न उठ्छ, के त्यसो भए पत्रिकाको उदय हुनुभन्दा अगाडि पत्रकार थिएनन् त ? म नेपालको सन्दर्भमा यो कुरा गर्दैछु । म विगतको त्यति धेरै ज्ञाता त होइन, तर म जे समाजमा बुझ्द्छु त्यही विषयको ज्ञाताचाहिँ पक्कै हो ।
कुनै समय यस्तो थियो, जसले पत्रिकामा लेख्छ, काम गर्छ त्यसलाई अर्थात् सम्पादक, अनुवादक, संवाददाता आदिलाई पत्रकार भनिन्थ्यो । अझै पनि कतिपय चिज–वस्तुको विकास सुक्ष्मबाट हुन्छ र विकास हुँदै बृहत बन्छ । विकास इतिहासबाट हुन्छ । हामी इतिहासबाट अध्ययन गर्दै वर्तमानबाट भविष्यमा पुग्छौं ।
म जतिबेला सानो थिएँ, त्यतिबेला एकजना हाम्रा छिमेकी दाजु जो दलित समुदायको हुनुहुन्छ, उहाँले हप्ता, कहिले पन्ध्र दिन एक महिनामा गाउँको माथिपट्टि अग्लो डाँडामा उभिएर ठूलो स्वरमा बोल्नुहुन्थ्यो । गाउँका सबै मानिसहले सुुन्ने गरी के भन्नुहुन्थ्यो त्यसपछि गाउँमा बैठक (कचरी) बस्थ्यो । हरेक पटक उहाँ यसरी बोल्दा हाँक हालेको भनिन्थ्यो । उहाँले हाँक हालेपछि केही नयाँ छलफलको कचहरीको आह्वान हुन्थ्यो । यसको मतलब उहाँले सूचना सम्प्रेषण गर्नुहुन्थ्यो, सूचनाको संवाहकको काम गर्नुहुन्थ्यो ।
अब म बुझ्दैछु पत्रकार भनेको सूचनाको संवाहक हो । हरेक घटनालाई जनतासँग जोड्ने काम पत्रकारले गर्छ । सूचनाको सम्प्रेषण गर्ने काम पत्रकारले गर्दछ । हाम्रो चलनचल्तीको परिभाषा यही हो पत्रकारको । त्यसो हो भने ती दाजु जसले रेडियो, एफएम, पत्रपत्रिका नभएको समयमा मुखले चिच्याएर सूचना सम्पे्रषण गरे उनी पत्रकार हुन् कि होइनन् ? अझै पनि नेपालमा धेरै ठाउँमा यो अवस्था विद्यमान छ । पक्कै पनि नेपालको मिडियाको विकास यही घटनाक्रमबाट अगाडि बढेको छ । हो, आज पत्रकारितासम्बन्धी ‘फर्मल क्लास’ सञ्चालन भएर नयाँनयाँ पद्दति र प्रवृधिको विकास भएको छ । पत्रकारितासम्बन्धी एडभान्स कोर्ष तयार पारिएका छन् । प्रविधिले विश्वलाई तील आकारमा खुम्च्याइदिएको छ । सेकेन्डमा विश्वका खबर एक कुनाबाट अर्को कुनामा पुगेको छ ।
विद्यालय, विश्वविद्यालयमा पत्रकारितासम्बन्धी कक्षाहरु सञ्चालन भइरहेका छन् । दिनप्रतिदिन पत्रकारको संख्यात्मक वृद्धि भएको छ । यो खुशीको कुरा हो । तर खुशीसँगै दुःख पनि जन्मिएको छ । एउटा जेनेरेसन स्कूल र कलेजमा पाण्डेको पत्रकारिताको विषयको कारण म मात्र यो विषयको जान्ने बुझ्ने हुँ । पत्रकारिता गर्न मलाई मात्र आउँछ भन्ने फुस्रो घमण्डबाट गुज्रिएको छ भने अर्को एउटा जेनेरेसन अनुभव र अनुभूतिबाट खरिएर आएको छ । जसले गर्दै सिक्दै, सिक्दै गर्दैके सूत्रबाट पत्रकारितामा आफूलाई उभ्याउन सफल भएको छ । यो वर्गले फेरि म यति वर्षदेखि पत्रकारिता गरेको मान्छे, मसँग धेरै अनुभव छ, आफ्नो किसिमको धारणा छ । अब नयाँमा रहेको प्रविधि र सीपलाई पुरानोसँग रहेको अनुभव र अनुभूतिमा मिलाएर अगाडि बढाउन सके नेपालको पत्रकारितको विकास अझ बलियो बन्दै जानेछ । दुवै जेनेरेसनबीच समन्वय स्थापित भए सुनमा सुगन्ध हुनेछ ।
हरेक नयाँ चिजको विकास गर्न कठिन कार्य हुन्छ, अभ्यासबाट, बारबारको अभ्यास र लगानशीलताबाट त्यसलाई उचाइमा उठाउन सकिन्छ । धेरैलाई लाग्दो हो मानिसले पृथ्वीमा नयाँ नयाँ चिज या वस्तुको आविष्कार गरेको छ । त्यो होइन मानिसले पृथ्वीमा भएका चिजहरुलाई पत्ता लगाएको हो र त्यसलाई नयाँ नाम दिएको मात्र हो । पृथ्वीमा हुँदै नभएको चिज मानिसले आविष्कार गर्न सकेको छैन । त्यस्तै पत्रकारिता पनि आदिमकालदेखि थियो । अहिले त्यसलाई नयाँ सीप, शैलीले सिंगारिएको छ । परिस्कृत गरिएको छ ।
आज हामीले विद्यालय, विश्वविद्यालयमा पढ्ने पुस्तकहरुमा रहेका धेरै सिद्धान्त्हरु चाहे त्यो पत्रकारितासम्बन्धी होस् या अन्य विषयका कुनै औपचारिक पढाइबाट डिग्री या पिएचडी गरेका व्यक्तिहरु सरह एक–दुई क्लास पढेर स्कूलको पढाइ छाडी आफ्नै अनुसन्धान र अन्वेषणमा लागेर नयाँ विचार सिद्धान्तको प्रतिपादन गरे ।
जुन सिद्धान्त र विचार आज ठूलाठूला विद्यालय, विश्वविद्यालयमा पढाइ हुन्छ । उदाहरण, थमस एल्भा एडिसन, अल्बर्ट आइन्स्टाइन, न्यूटनजस्त वैज्ञानिक जो मन्द बुद्धिको कारण स्कुलबाट निकालिए र हाल तिनै व्यक्तिको सिद्धान्त हामीले सानो कक्षादेखि विश्वविद्यालयसम्म कण्ठ पार्नुपर्छ । यसको निष्कर्ष के हो भने हामीले पत्रकारिता क्षेत्रमा पनि औपचारिक शिक्षालाई एउटा मार्गको रुप लिएर आफ्नो अनुभव, भावना, ज्ञान अनि सीपलाई व्यवहारमा परिस्कृत गर्दै लैजानुपर्दछ ।
भनिन्छ–क्ष्mबनष्लबभतष्यल ष्क mयचभ उयधभचाग ितजबल पलयधभिमनभ (ज्ञानभन्दा व्यक्तिको कल्पनाशक्ति धेरै शक्तिशाली हुन्छ रे । त्यसैले नयाँनयाँ धारणाको विकास नयाँ शैली र प्रयोगको विकासर आजको पत्रकारिताको आवश्यकता पनि हो । पत्रकारितामा तपाई हामीले नै अनुसन्धानमूलक बाटोबाट यथार्थ उद्घाटित गर्न सक्छौं । यस्ता घटना संसारमा अनगिन्ती छन् पनि । (ललितपुर पत्रकारिताबाट)
१. राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार २०७९साल असार ७गते स्थापना भएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को पहिलो महाधिवेशन असार ७गते सुरु...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...