पूर्वाधार विकासमा कतातिर हामी – Naya Bikalpa
October 22, 2026, Thursday      Epaper

पूर्वाधार विकासमा कतातिर हामी

अच्युतप्रसाद पौडेल ‘चिन्तन’

संघीयताको मर्म चौधौ योजनाको पूर्णता भनेका पूर्वाधारको विकास नै हो । विकास निर्माण भनौ मुलुकमा पूर्वाधारको विकासलेनै स्थानीय तहको कार्यमा भ्रमण आउने हो । प्रदेशगत एवं स्थानीय तहका सरकारबाट प्रदान गरिने सेवा चुस्ता एवं सहज राख्न यातायात, सडकको आवश्यकता हुन्छ । खानेपानी, सरसफाइ, विद्युत आपूर्ति, दैनिक अत्यावश्यक सामग्रीको ढुवानी सर्वसुलभ आपूर्ति आवश्यक छ । जलवायु परिवर्तन एवं विपत् व्यवस्थापन आजको चुनौति रहेको छ । जिल्ला सदरमुकाम सुविधा सम्पन्न, गाउँपालिका, नगरपालिकाहरु सुसज्जित हुनुपर्ने हुन्छ । जनविद्युत र वैकल्पिक ऊर्जादेखि शैक्षिक संस्थाहरु त्यतिकै सवल र सक्षम हुन जरुरी छ । आवास तथा सहरी विकास सुविधा सम्पन्न प्रशासनिक संरचनाहरु पनि जरुरी छ ।

सूचना एवं सञ्चार प्रविधियुक्त संसार आजको आवश्यकता हो, विधि परिवेश जनमतको कुरा विचार प्रवाह मनगरे विषयहरु छन्, जुन हाम्रो वरिपरि । यातायात क्षेत्रको सर्बसुलभ पहुँच, व्यापारिक कार्यहरुको खुल्ला र स्वास्थ प्रतिस्पर्धा आजको आवश्यकता हो । प्रादेशिक र स्थानीय पूर्वाधारमा सरकारले ठूलै लगानी गर्नुपर्छ । हाम्रो जस्तो विकट भूगोल बोकेको मुलुकमा विद्युतीय रेलमार्ग, सुलभ र पहुँचयोग्य हवाई मार्गले हाम्रो भू–वनोटलाई जोड्न सक्छ । विकासमा सक्रियता प्रत्यक्ष जन सरोकारका विषयमा जनसहभागिताको अपेक्षा सँधै भैरहेकै हुन्छ । नागरिकको प्रत्यक्ष संलग्नता आफ्नै पनको अनुभूति हुन जरुरी छ । साधन र स्रोतको दोहन र प्रयोग बुद्धिमतापूर्ण ढंगले गर्न जरुरी छ ।

हाम्रो मुलुकमा साधन र स्रोत नभएको होइन तर त्यसको बुद्धिमतापूर्ण र सही उपयोग हुन सकेन । स्थानीय कच्चा पदार्थ, जडीबुटी, बनबुट्यान, स्थानीय श्रम र सीपको कमी छैन हामीकहाँ । पूर्वाधारको आम माग बढेको छ हामीकहा । जनचासो बढेको छ हामीकहाँ । तर सही ढंगले हामीले जलस्रोतको पनि प्रयोग गर्न सकेनौं । विद्युत महसुलबाट इन्धन आपूर्ति गरिराखेका छौं हामीले । नगर क्षेत्रको घोषणा त भयो पूर्वाधारको छनक पाइएन ।

केवल राजस्व भर्ने नीति देखियो यसमा । गुणस्तरका सडक, गुणस्तरकै खाद्यान्न, गुणस्तर कै पानी आपूर्ति गर्न सकिएन । शिक्षा क्षेत्रमा अनगिन्ती लगानी गरियो तर शिक्षा केवल निर्वाहमुखी मात्रै भयो । रोजगार, सीपमुखी बन्न सकेन । धेरै विद्यालय, शैक्षिक संस्थाहरु खुले तर गुणस्तरीय शिक्षा प्राप्त हुन सकेन । अस्पतालहरुको सेवा पनि यस्तै छ । सजिलो र सस्तो ढंगले स्वास्थ उपचार गराउन कठिन भएको छ हाम्रो मुलुकमा । वातावरण सफा, स्वच्छ र हरियालीयुक्त सुन्दर बन्न सकेन के शहर के ग्रामीण वस्ती फोहोरको डंगुर नदेखिने ठाउँ छैन । असंख्य नदीनाला, पाटी, पौवा, नेपालीको मौलिकता झल्कने क्षेत्रहरु कुरुप छन् हामीकहाँ । चाहे महानगर राजधानी काठमाडौं या पोखरा क्षेत्र जता हे¥यो उतै फोहोर छ हामीकहाँ ।

योजनाबद्ध वस्ती विकास र व्यवस्थित शहरीकरण हुन सकेन । ग्रामीण वस्तीहरुमा वैज्ञानिक अध्ययन र माटो परिक्षण विना नै सडक विस्तारको क्रममा डोजर चलाइयो । जसले विकास भन्दा विनाशलाई निम्त्याइएको छ । नवीन राजनैतिक अभ्यास हुँदा जनताको आशा अभिलाषा बढ्नु स्वभाविक हो । तर केवल सपनाको वितरण गरेर आफु भने पन्छने प्रवृति नेताहरुमा बसेको छ । दिन नसक्ने नाराहरु दिने अनि चुनावी नारालाई सपनामै सीमित गरिदिने परम्पराले हाम्रो नियत खरो देखिएको छ । मेलम्चीको सपना देखेका कति वर्ष भयो काठमाडौं वासीले अथवा भनौ आम नागरिकले ।

प्रादेशिक तथा स्थानीय पूर्वाधारको विकास गरी सन्तुलित एवं समावेशी विकास गर्ने सरकारी योजना कागजमा सिमित बन्न पुगेको छ । प्रदेश र स्थानीय तहबीच अन्तर सम्बन्ध गरी पूर्वाधारको विकास गर्ने अनि मुलुकलाई आर्थिक समृद्धि गर्ने सरकारी लक्ष्य केवल कल्पना मात्र भएको छ । आम नागरिकले सोचेजस्तो हुन सकेको छैन । सर्व सुलभ रुपमा आम जनताले सेवा उपलब्ध गर्न सकेका छैनन् । स्थानीय तहमा आय आर्जन एवं रोजगारी सिर्जनाको वातावरण तय हुन सकेको छैन । स्थानीय श्रम, सीप र स्रोत साधन अनि प्रविधिलाई प्रयोग गरी वातावरणमैत्री विकासका पूर्वाधार तयार गर्न हामी कहाँ चुक्यौ ? यो खोजीको विषय बनेको छ । दिगो विकासको अवधारणामा हामी कहाँ यो पनि खोजीको विषय भाषणले मात्र अरु मुलुक अघि बढ्नेवाला छैन ।

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७५ फाल्गुन १३, १०: ३९

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७५ फाल्गुन १३, १०: ३९

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७५ फाल्गुन १३, १०: ३९

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...