अहिलेको नारा ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने कुरामा सबैको धारणा एउटै – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

अहिलेको नारा ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने कुरामा सबैको धारणा एउटै

हरिविनोद अधिकारी

१.नर्वेबाट नेपाल कता हो कता टाढा छ तर मनचाहिँ नेपालमा मात्र फर्किरहने रहेछ । तर यो देशमा देखिएका केही नयाँ र विशेषतायुक्त कुराहरु लेख्नेक्रममा यी कुराहरु मननीय रहेछन् ।

२.नर्वे खुसी अनुसूचकाङ्कमा ३ नंबरमा छ जवकि हाम्रो नेपाल १०० नंबरमा छ । खुसीका लागि पक्कै नै आर्थिक समृद्धि आवश्यक पर्छ । नर्वे पनि हामी जस्तै त होइन, तर असीको दशकसम्म त्यस्तो धनी राष्ट्रको रुपमा रहेन छ । तर तेलको उत्खनन सुरु भएपछि आजको धनी र समृद्ध देशको रुपमा र खुसीको देशको रुपमा देखिएको रहेछ । अहिले खनिज तेल, माछा, आलु, जौ, ओट, घाँस, दूधका परिकारनै मुख्य उत्पादन रहेछन् । तिनको निकासी मुख्य आम्दानीको श्रोत देखिन्छ ।

३.यहाँ करिब २ हजारजति नेपालीहरु हुनुहुँदो रहेछ । गैर आवासीय नेपालीहरुको संघ छ र त्यसको छैठौँ राष्ट्रिय अधिवेशन असार १४ गते ओस्लोमा भएको छ । अहिलेको नारा —एक पटकको नेपाली, सधैँको नेपाली भन्ने कुरामा सबैको धारणा एउटै भएको पाइयो ।

४.हप्तामा शनिवार र आइतवार विदा हुने अरु युरोपीय मुलुक जस्तै नर्वेमा पनि विदा हुँदो रहेछ । सार्वजनिक यातायातको भने साह्रै व्यवस्था राम्रो रहेछ । सामान्यतः विना टिकट कोही पनि यात्रा गर्दा रहेनछन् । भाषाको कारणले कतिपय ठाउँमा कुरा बुझ्न मुस्किल पर्ने रहेछ किनभने अंग्रेजीभन्दा पनि नर्वेजियन भाषाको बढी प्रयोग स्वतः हुने नै भयो । तर पनि अंग्रेजीमा सोध्यो भने विस्तारै भए पनि जानकारी दिने कोसिस गर्दा रहेछन् किनभने यहाँका मानिसहरुमा भलाद्मीपन भने छ । नरम छन् र आफ्नो काममा व्यस्त देखिन्छन् ।

एउटा कुराको भने कमी पाइयो —सार्वजनिक शौचालय । सार्वजनिक शौचालय भने सबैतिर उपलब्ध देखिएन । मानिसहरु चर्चमा, ठूला ठूला मलहरुमा र पार्कहरुमा शौचालय जानुपरेमा त्यहाँ कोडमा रहेका ढोका खोल्न पनि सकिने कुरा भएन, र त्यहाँ लेखिएको फोन गर्नुस् , एउटा एस एम एस आउने छ जसमा २० क्रोनर स्वतः काटिने छ, तत्कालै ५ सेकेन्डमा खोल्नुस् भन्ने भद्र सूचना लेखिएको पाइन्छ । करिब ८लाख जति जनसंख्या भएको ओस्लो सहरमा पर्यटकहरुको आवागमन पनि यही ग्रीष्म ऋतुमा हुने रहेछ किनभने वर्षको करिब ५— ७ महिना त हिउँ नै हिउँले ढाकिने ढाउँ हो नि त ।

अहिलेको ग्रीष्म ऋतु नै यहाँको हरियालीको समय पनि हो, फूल फुलेर समग्र ओस्लोलाई रङ्गीचङ्गी फूलमय बनाउने समय पनि हो र यहाँका मानिसहरुले प्रकृतिबाट भिटामिन डी पाउने खास समय पनि हो । घाम लागेको बेलामा सबै चौरहरुमा मानिसहरु सूर्यस्नान गरिरहेका पाइन्छन् । समुद्रको किनारामा मात्र होइन, हरियाली पार्कहरुमा उम्रिएका घाँसहरुमा पनि सूर्यस्नान गरेका दृश्यहरु स्वाभाविक र सामान्य लाग्छन् ।

५.सार्वजनिक यातायातमा बस, ट्राम, मेट्रो या भूमिगत रेल, रेल, ट्रिक (जसलाई नेपालमा पहिले ट्रलीको रुपमा सूर्य विनायकदेखि त्रिपुरेश्वरसम्म चलाइन्थ्यो)र फेरी (सानो जहाज) करिब २१ घण्टा नै व्यस्त देखिन्छन् । एउटै टिकटले निश्चित समयावधिसम्म काम दिन्छ । यातायातको समयको सूचना प्रत्येक स्टेसनमा दिइएको हुन्छ, यतिबेरमा आइपुग्छ भनेर ।

त्यो बेलामा आइपुग्छ नै । भनिएको छ—यदि हाम्रो साधन समयमै नआएर तपाईलाई कतै जान मुस्किल परेको हो भने ट्याक्सी भाडा ५०० क्रोनर दिइने छ । त्यसका अग्रीम टिकट काटेको र मुस्किल परेको प्रमाणसहित कारण भने खुलाउनु जरुरी छ । यातायात संस्थाले आवेदकलाई तत्कालै ट्याक्सी खर्च उपलब्ध गराउँछ ।

सामान्यतः टिकट नकाट्ने कोही हुँदैनन्, कार्डलाई मेसिनमा सँुघाएर वा मोबाइलमा टिकट काटेको प्रमाण देखाएर सबै चढ्छन् । सूचनामा भनिएको हुँदो रहेछ, यदि कतै टिकट जाँच हुँदा वैध टिकट पाइएन भने दण्ड तिर्नुपर्ने छ । चालकबाहेक कोही पनि सहयोगी देखिएन । विधिको पालना सबैले गरेको पाइयो । सबैजना चेकिङ् या कन्ट्रोल आउँछ र विना टिकट किन हिँडेको भनेर सोध्नेछ भनेर डराएका पाइन्छन् तर सबैलाई लाग्दो हो चेकिङ् आओस् वा नआओस्, सेवा लिने भएपछि किन पैसा नतिर्ने र ?

६.र अन्त्यमा, आजको भिजेल्यान्ड वा भिगेल्यान्ड पार्कको कुरा । गुस्ताफ भिगेल्यान्डका २०० ओटाभन्दा बढी नाङ्गा मानिसहरुका मूर्ति ओस्लोको फ्रोग्नर पार्कमा राखिएका छन् जसलाई अहिले भिगेल्यान्ड वा भिजेल्यान्ड पार्क पनि भनिन थालिएको रहेछ । वास्तवमा गुस्ताफको पारिवारिक नाम अर्कै भए पनि उनी आफैँले आफ्नो पारिवारिक नाममा भिगेल्यान्डलाई थपेका रहेछन् ।

१८६९ मा जन्मिएका गुस्ताफको मृत्यु १९४३मा भएको रहेछ र यो पार्कको संरचना पनि उनले नै कल्पना गरेका रहेछन् । ती विश्व प्रसिद्ध मूर्तिकारको १५०औँ वर्ष मनाउन पनि अहिले व्यवस्था भइरहेको रहेछ । नर्वेका जनता गुस्ताफ भिगेल्यान्डको असाधारण सृजनशीलता र सम सामयिक संसारमा उनको बेजोडको मूर्तिकलाप्रति गर्व गर्ने रहेछन् । र हेरौँ उनको मूर्तिकलाका केही असाधारण नमुनाहरु । क्रमशः..

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७६ असार १६, ०६: ५८

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
  • २०७६ असार १६, ०६: ५८

१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७६ असार १६, ०६: ५८

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...