
नेपाली कांग्रेसमा यतिखेर गुुटबाट उपगुट बन्दै गएको छ । यसले पार्टीलाई बलियो भन्दा कमजोर बनाउदै गएको छ । कांग्रेस भित्रको प्रमुख गुट देउवा, पौडेल, सिटौला, केसी, खड्का गुट बाट गुटै पिच्छे उपगुटहरु बन्दै गएका छन ।
गुटभित्र बार्गेनिङ्ग प्वाईन्ट बढाउनका लागी उपगुट बन्दै गएको हो । देउवा गुटभित्र पनि विमलेन्द्र निधि, बालकृष्ण खाड, विजय कुमार गच्छदार लगायतका नेताहरुको उपगुट क्रियाशिल रहेका छन ।
ुटभित्र बार्गेनिङ्ग प्वाईन्ट बढाउनका लागी उपगुट बन्दै गएको हो । देउवा गुटभित्र पनि विमलेन्द्र निधि, बालकृष्ण खाड, विजय कुमार गच्छदार लगायतका नेताहरुको उपगुट क्रियाशिल रहेका छन ।
पौडेल गुटभित्र पनि शेखर कोईराला, प्रकाशमान सिंह, शसांक कोईराला, राम शरण महत लगायतका उपगुटहरु रहेका छन । स्वर्गीय नेता खुम वहादुर खड्काले जिवित हुदा बनाउनु भएको खड्का गुट र नेता अर्जुन नरसिंह के सी को गुटबाट भने उपगुट बनेको छैन । नेपाली कांग्रेस भित्र बढ्दै गएको गुट र उपगुटलाई ध्वस्त वनाएर गुटउपगुट रहित सिङ्गो नेपाली कांग्रेस नवनाए सम्म नेपाली कांग्रेस र कांग्रेसजनको भविष्य सुनिश्चित हुने वाला छैन ।
नेपाली कांग्रेसलाई अव आमुल परिर्वतन गरेर मात्र जिवन्त प्रदान गर्न सकिन्छ । नेपाली कांग्रेसलाई अव टाल टुले किसिमले पार्टी भित्रको समस्या समाधान गरेर मात्र संभव छैन । पार्टीभित्र शल्यक्रिया गरेर नया ढंगबाट नया सोच र नया अभियानबाट मात्र कांग्रेसलाई अव बचाउन सकिन्छ । कांग्रेस भित्र बढ्दै गएको रोगलाई अव पनि शल्यक्रिया नर्गर्ने हो भने त्यो रोगकै कारण कांग्रेस समाप्त भएर जान सक्छ ।
नेपाली कांग्रेस भित्र देखिएको ठूलो र डरलाग्लो रोगलाई अप्रेशन गरी कांग्रेसलाई सक्रिय र सशक्त बनाउनु आज कांग्रेसीहरुको पहिलो अवाश्यक्ता भएको छ । परिवर्तनको हरेक आन्दोलनको सफल नेतृत्व गरेको नेपाली कांग्रेस अहिसे सम्मकै अत्यन्तै कमजोर अवस्थामा पुगेको छ । नेपाली कांग्रेस अहिले सम्मकै इतिहासकै कठिन मोडमा आईपुगेको छ ।
यतिवेला कांग्रेसले आफुलाई उचित ढंगले व्यवस्थापन गरी समाल्न सकेन भने स्वयम कांग्रेस र राष्टिको लागी अपुरणीय क्षती हुने खतरा बढेको छ । कांग्रेस अहिलेको अवस्थामा आईपुग्ने मुख्य कारण स्थायी रुपमा गुट उपगुटले सस्थागत रुप धारण गरी क्रियाशिल भैरहनुनै हो । गुटउपगुट दहे हुनु पाटी चाही दिन प्रतिदिन कमजोर बन्दै जानु नै हो । यस अवस्थामा पुगको कांग्रेसलाई अव मार्ने कि बचाउन नेताहरको हातमा छ त्यसमा पनि बढी तेन्नेरी यूवा नेताहरुमा छ ।
कांग्रेसलाई दहे बनाउन दोस्रो चरणको जागरण अभियानका साथ अव कांग्रेसका तिनै तहका पुस्ताका नेताहरु मिलेर पार्टी भित्र शल्यक्रिया गरेर कांग्रेस भित्र रहेको ठूलो रोग गुटउपगुटलाई सदाकोलागी कांग्रेसले संचालन गर्न लागेको जागरण अभियान मार्फत फाल्नु पर्छ ।
सिद्धिदै सागुरीदै मर्दै गएको पाटीलाई जिवन्तता प्रदान गर्नका लागी सवै कांग्रेसजनले दोस्रो चरणको जागरण अभियानलाई महत्पूर्ण अवसरको रुपमा दिनु पर्छ । यसले मात्र कांग्रेसको जागरण अभियानको औचित्य र सार्थकता हुने र पूर्णता पाउछ । गुटउपुगटको स्वार्थका कारण कांग्रेसले आफुलाई रुपान्तरण गर्न र गति दिन नसको र हारको पीडालाई शक्तिमा बदल्न नसकेको र पार्टीमा आन्तरिक एकता समेत कायम गर्न नसक्दा सडक देखी सदन सम्म कांग्रेस इतिहासमानै कजमोर भएको अहिले देखिन्छ ।
पार्टीका नेताहरुमा व्यवस्था परिर्वतन भए पनि व्यावहार परिवर्तन नहुनु, निति र नियम परिवर्त भए पनि नियत र नेतृत्व परिवर्तन हुन नसक्नु, सरकार पविर्तन भए पनि सस्कार र संस्कृति परिवर्तन नहुनुनै कांग्रेस भित्रको अर्को मुल समस्या हो । नेपाली कांग्रेसले भाद्र तेस्रो साता देखी प्रभारम्म गर्न लागेको दोस्रो जागरण अभियानले पार्टीमा र नेताहरुमा देखिएका सवै समस्याहरु समाधान हुने आशा कांग्रेसजनमा पलाएको छ ।
नेपाली कांग्रेस अव सच्चिनेकी सिद्धिने भन्ने कांग्रेसका प्रमुख नेताहरु र यूवा नेताहरुको अवको कार्य शैली र सोच अनी भूमकिामा निर्भर रहन्छ । अहिलेको पहिलो पुस्ता र युवा पुस्ताले कांग्रेस कमजोर भएका कारणहरुलाई बिश्लेषण गरेर वि पी को जस्तो विचार र दुरदर्शिता, सुर्वण शमसरको जस्तो मन, गणेशमानको जस्तो त्याग र सर्मपण, कृष्ण प्रसाद भट्टराईको जस्तो सादगी र निवास्र्थीपन र गिरिजा प्रसाद कोईरालाको जस्तो कान्तिकारीता पन व्यहवारमा उत्र्तादै सवैभन्दा पहिला म बदलिन्छ, हामी बदलिन्छौ र कांग्रेसर्ला बदल्छौ भन्ने नया सोच चिन्तन र विचारका साथ काम गर्दै अगाडी बढ्नु पर्छ ।
कांग्रेसलाई मुलुकै सवैभन्दा ठूलो शक्तिशाली र जनताको प्रिय पार्टी बनाउन कांग्रेस भित्र तिव्र रुपमा मौलाउदै सस्थागत रुपमा रहेको स्थायी गुटउपगुटलाई अन्त्य गर्न १४ औं माधिविेशनमा गुटउपगुट रहित सर्वसम्वत नेतृत्व केन्द्र देखी प्रदेश, जिल्ला स्थानीय तह, र वडा तह सम्म चयन गर्नु पर्छ । त्यसका लागी पहिलो विकल्प कांग्रेस भित्र रहनु भएका शेर वहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान श्रेष्ठ पहिलो पुस्ता अनी विचको पुस्ता शसांक कोईराला, अर्जुन नर सिंह केसी,सेखर कोईराला, बिमलेन्द्र निधि, विजय कुमार गक्षदार, पूर्ण वहादुर खड्का, राम शरण महत, प्रकाश शरण महत, बालकृष्ण खाड, रमेश लेखक लगायतका पुस्ता र तेस्रो तन्नतेरी पुस्ता चन्द्र भण्डारी, धनराज गुरुग, विश्व प्रकाश शर्मा, गगन थापा, शंकर भण्डारी, गुरुराज घिमिरे, प्रदिप पौडेल लगायतको तिनै पुस्तालाई मिलाएर पदाधिकारीमा बाँडफाड गरी महत्वपूर्ण जिम्मेवारीहरु प्रदान गर्नुपर्छ ।
दोस्रो विकल्ल दोस्रो र तेस्रो तन्नेरी पुस्तालाई नेतृत्व गर्न दिएर अहिलेको पहिलो पुस्ता पार्टी र देशका लागी अभिभावक भएर प्रधानमन्त्री होईन राष्टपती हुनु सपना देख्नुपर्छ । अन्तिम विकल्प अहिलेको तेन्नेरी पुस्ता जो पार्टीमा तेस्रो पुस्ताको रुपमा चर्चित छन उहाहरुलाई पार्टीको नेतृत्व सर्वसम्वत रुपमा केन्द्र देखी वडा तहसम्म सुम्पिने अनी केन्द्र देखी स्थानीय तह सम्मको सरकारको समेत नेतृत्व एक पटकका लागी दिने घोषणा गर्ने र पहिलो तथा दोस्रो पुस्ताका नेताहरु एक पटक अभिभावक भएर अभिभावकत्व ग्रहण गर्ने र उहाहरुलाई आगामी राष्टपतीको रुपमा घोषणा गरी नया ढंगबा पाटी संगठनमा सशक्त र सक्रिय पूर्वक लाग्नु पर्छ ।
कांग्रेसले यस्तो महत्वपूर्ण र ऐतिहासिक निर्णय गर्ने साहस गरेमा राजनिति भन्दा वाहिर रहेका ठूलो पङ्गत्ती कांग्रेस तर्फ आर्कषित हुने र कांग्रेस वाहेक अन्य पार्टीहरुलाई मतदान गरीरहेका मतदाताहरुले पनि विकल्प सोच्न बाध्य हुने अनी पहिलो पटक मतदान गर्न लागेका तेन्नेरी मतदाताहरुले पनि तन्नेरीहरुले नेतृत्व गरेरको पार्टीलाई देशको पनि नेतृत्व दिनका लागी मतदान गर्न उत्साहित हुने छन ।
गौरवपूर्ण इतिहास भएको कांग्रेसको सफल वर्तमान बन्छ र भविष्य पनि सुनिश्चित हुने भएकोले कांग्रेसका यि विकल्पहरुबाट कांग्रेस सिद्धिने होइन सच्चिन सक्छ । जागरण अभियान मार्फत यी विकल्हरुको वारेमा पनि व्यापक छलफल गरी १४ औं माहाधिवेशनमा ति विकल्प मध्य उचित विकल्पलाई प्रयोग गर्न समेत मेची देखी महाकाली सम्मका र हिमाल, पहाड मधेस र तराई सम्ममका कांग्रेसजनलाई तयार बनाउनु पर्छ । महासागर भएको कांग्रेस नदी हुदै खोला हुन लागेकोले अव कांग्रेसलाई खोलाबाट महासागर बनाउन सवै कांग्रेसीहरु एकजुट भएर लागौ ।
यसका लागी नया परिवेशमा पार्टीको संघिय विधान पारितसंर्गै राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, समाजवादको सन्र्दभमा समेत २१ शाताब्दी अनुसारको नयाँ युगका लागी पुर्नव्याख्याका साथ पुर्नलेखन गर्नु पछ ।
आर्थिक समाजिक र छिमेकी मित्र देशहरुको सम्वन्धको वारेमा लगायत पार्टीको सवै विषयमा सैद्धान्तिक तथा बैचारिक दस्तावेज अहिलेको युग र पुस्तालाई सुहाउदो पुर्नलेखन गरी नया ढंगबाट पार्टीलाई पुर्नसंगठित गरी आगामी निर्वाचनमा देशकै पहिलो, ठूलो र सशिक्ताली जनताको प्रिय आधुनिक कांग्रेस पार्टी बनााउन सकिन्छ ।
नेपाली कांग्रेसलाई अगाडी बढाउन र सशक्त बनाउन अव तन्नेरीहरुको मेहनेत र पसिना, पाका तथा अभिभावकहरुको अनुभव तथा सल्लाह र आर्सिवादबाट मात्र संभव छ । विशेषगरी यूवा नेताहरुले पनि पार्टी नेतृत्वलाई खवरदारी गरी गलत निर्णयहरुलाई सुर्धान लगाउनु भन्दा पनि त्रय नेताहरुकै चाकडी तथा चाप्लुसी गरी विभिन्न गुट तथा उपगुटहरुमा विभाजित भै नेतृत्वमा जाने, टिकट लिने सत्तामा जाने मात्र प्रमुख ध्यान राखेका कारण पनि पार्टीले अहिलेको हविगत व्यहोर्नु प¥यो । त्यसले गर्दा यूवा नेताहरुले पनि हारको दोष र जिम्मेवारी दिदै अव पार्टीलाई पहिलो बनाउन यूवा पुस्ता बढी जिम्मेवार र सक्रिय हुनु पर्छ ।
त्यसैले युग परिवर्तनसंर्गै अव नेपाली कांग्रेसका नेताहरुले सवैभन्दा पहिले आफु सच्चिएर कांग्रेसलाई सच्याउन सकल्पका साथ नया निति र कार्यक्रमका साथ आफ्नो सिद्धान्तको पुर्नव्याख्या गर्दै संगठनको पुर्ननिर्माण गरी २१ औंशताब्दीको भारी बोक्ने सक्ने आधुनिक कांग्रेसको निर्माण गर्न पहिलो कर्तव्य हो ।
कांग्रेसले दोस्रो जागरण अभियान मार्फत कांग्रेसीहरुले कांग्रेसलाई नवदल्ने हो भने कांग्रेस प्रजापरिषद र गोर्खा परिषद जस्तै इतिहासिमा मात्र सिमति हुन सक्छ त्यसैले नेतृतवमा रहनुभएका सवै नेताहरु र तन्नेरी युवा नेताहरुले समेत बेलैमा यस तर्फ अभिलम्ब ध्यान पु¥याउनु पर्छ । (लेखक—धनकुटा कांग्रेसका जिल्ला सचिव तथां सहिद स्मृती प्रतिष्ठानका महासचिव, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष र नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ ।) bijayasrai075@gmail.com
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...
१. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...