देशमा अराजकता बढ्दै जाँदा काँग्रेसमा युवाको खोजी – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

देशमा अराजकता बढ्दै जाँदा काँग्रेसमा युवाको खोजी

विजय सन्तोषी राई

कांग्रेसजनले देशले खोजेको र यूवाले चाहेको जस्तो कांग्रेस अव बनाउनु पर्छ । म बदलिन्छु, हामी बदलिन्छौ अनी कांग्रेसलाई बदल्छौ देशकै सवभन्दा ठूलो र शक्तिशाली अनी जनताको प्रिय पार्टी बनाउछौ अवको कांग्रेसीको अभियान यहीनै हो ।

सक्रिय तथा उर्जाशिल र समाधानमुखी अनी केन्द्र देखी प्रदेश र स्थानीय तह सम्म सशक्त र शक्तिशाली प्रतिपक्षको भूमिका खेल्न सक्ने २१ शताब्दीको भारी बोक्ने सक्ने आधुनिक कांग्रेस अहिले देशले खोजेको र यूवाले चाहेका छन ।

गुट उपगुटले गाजेर भरिएर थलिएको र समस्या समस्यालेनै अलमलिएको विकृती विसंगती सताएको अनी प्रश्नै प्रश्न भित्रको यथास्थिमा वसेको पुरानो शैलीको कांग्रेस अव देशले चाहेको र युवाले खोजेको होइन । वि पी काईरालाले देखाउनु भएको बाटोबाट कांग्रेस विचलन हुदै गएको र अन्य पार्टी भन्दा पनि कांग्रेसले कांग्रेसलाईनै घात तथा अन्तरघात गरी हराउने अपमान गर्ने र सिध्याउन काम समेत भएकोल अहिले कांग्रेस इतिहासमनै अत्यन्तै कमजोर भएको हो ।

नेपाली कांग्रेसको ईतिहासमा कांग्रेसलाई अरु कसैले हराउन सकेको छैन कांग्रेसले कांग्रेसलाईने हराएको थुप्रै इतिहास ताजै छन । कांग्रेसले अहिले सदनमा राम्रो प्रतिपक्षको भूमिका खेल्न शुरु गरेपतापनि सडकमा भने ज्यादै कमजोर देखिन्छ । सडकमा कांग्रेसले कुनै भूमिका खेल्न सकेको छैन शुन्य छ ।

कांग्रेस भित्र बढ्दै गएको गुटपगुटको रोगलाई शल्यक्रिया गरी अन्त्य गर्नु पर्छ । पहिलो चरणको जागरण अभियानले मृत अवस्थामा पुग्न लागेको कांग्रेसलाई जिवन्तता दिन काम भयो । कांग्रेसको दृगरोगको रुपमा रहेको गुटउपगुटले कांग्रेस नराम्रोसंग अहिले थलिएको छ । शल्यक्रिया गरी पूर्ण रुपमा गुटउपगुटलाई फाल्न सकेमात्र अव कांग्रेस दहे हुन सक्न नत्र समाप्त हुन सक्ने अवस्थामा पुगेको छ ।

केन्द्रका शिर्ष नेताहरुबाटै आफ्ना गुटउपुगट व्यभारबाटै भंग गरी गुटउपगुट बनाउने कार्य सधाका लागी बन्द गर्नु पर्छ तलबाट नभएर माथिका नेताहरुबाटै यस कार्यको संभव र सफल हुन्छ ।
नेपाली कांग्रेसलाई अव आमुल परिर्वतन गरेर मात्र जिवन्त प्रदान गर्न सकिन्छ । नेपाली कांग्रेसलाई अव टाल टुले किसिमले पार्टी भित्रको समस्या समाधान गरेर मात्र संभव छैन ।

पार्टी भित्र शल्यक्रिया गरेर नया ढंगबाट नया सोच र नया अभियानबाट मात्र कांग्रेसलाई अव बचाउन सकिन्छ । कांग्रेस भित्र बढ्दै गएको रोगलाई अव पनि शल्यक्रिया नर्गर्ने हो भने त्यो रोगकै कारण कांग्रेस समाप्त भएर जान सक्छ । नेपाली कांग्रेस भित्र देखिएको ठूलो र डरलाग्लो रोगलाई अप्रेशन गरी कांग्रेसलाई सक्रिय र सशक्त बनाउनु आज कांग्रेसीजनको पहिलो अवाश्यक्ता भएको छ । परिवर्तनको हरेक आन्दोलनको सफल नेतृत्व गरेको नेपाली कांग्रेस अहिसे सम्मकै अत्यन्तै कमजोर अवस्थामा र अहिले सम्मकै इतिहासकै कठिन मोडमा आईपुगेको छ ।

यतिवेला कांग्रेसले आफुलाई उचित ढंगले व्यवस्थापन गरी समाल्न सकेन भने स्वयम कांग्रेस र राष्टिको लागी अपुरणीय क्षती हुने खतरा बढेको छ । कांग्रेस अहिलेको अवस्थामा आईपुग्ने मुख्य कारण स्थायी रुपमा गुट उपगुटले सस्थागत रुप धारण गरी क्रियाशिल भैरहनुनै हो । गुटउपगुट दहे हुनु पाटी चाही दिन प्रतिदिन कमजोर बन्दै जानु नै हो । यस अवस्थामा पुगको कांग्रेसलाई अव मार्ने कि बचाउन नेताहरुको हातमा छ त्यसमा पनि बढी तेन्नेरी यूवा नेताहरुमा ।

कांग्रेसमा स्थायी रुपमा रहको गुटउपगुट लाई ध्वस्त बनाइदैन तव सम्म कांग्रेस कमजोर मात्र होईन सिद्धिनुनै सक्छ । कांग्रेसलाई दहे बनाउन कांग्रेसका तिनै तहका पुस्ताका नेताहरु मिलेर पार्टी भित्र शल्यक्रिया गरेर कांग्रेस भित्र रहेको ठूलो रोग गुटउपगुटलाई सदाकोलागी फाल्नु पर्छ ।

गुटउपुगटको स्वार्थका कारण कांग्रेसले आफुलाई रुपान्तरण गर्न र गति दिन नसको र हारको पीडालाई शक्तिमा बदल्न नसकेको र पार्टीमा आन्तरिक एकता समेत कायम गर्न नसक्दा सडक देखी सदन सम्म कांग्रेस इतिहासमानै कजमोर भएको देखिन्छ । पार्टीका नेताहरुमा व्यवस्था परिर्वतन भए पनि व्यावहार परिवर्तन नहुनु,निति र नियम परिवर्त भए पनि नियत र नेतृत्व परिवर्तन हुन नसक्नु,सरकार पविर्तन भए पनि सस्कार र संस्कृति परिवर्तन नहुनुनै कांग्रेस भित्रको अर्को मुल समस्या हो ।

अहिलेको पहिलो पुस्ता र युवा पुस्ताले कांग्रेस कमजोर भएका कारणहरुलाई बिष्लेषण गरेर वि पी को जस्तो विचार र दुरदर्शिता, सुर्वण शमसरको जस्तो मन, गणेशमानको जस्तो त्याग र सर्मपण,कृष्ण प्रसाद भट्टराईको जस्तो सादगी र निवास्र्थीपन र गिरिजा प्रसाद कोईरालाको जस्तो कान्तिकारीता पन व्यहवारमा उत्र्तादै सवैभन्दा पहिला म बदलिन्छ,हामी बदलिन्छौ र कांग्रेसलाई बदल्छौ भन्ने नया सोच चिन्तन र विचारका साथ काम गर्दै अगाडी बढ्नु पर्छ ।

नेपाली जनताको लागी नेपाली आमाको छोरा जननायक वीपी कोईरालाको सक्रियतामा वि.स. २००३ सालमा नेपाली राष्टिय कांग्रेसको स्थापना गरी वि.स. २००६ सालमा नेपाली राष्टिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस वीच एकिकरण गरी नेपाली कांग्रेस नामाकरण भएको हो । कांग्रेसले जहानिया कांग्रेसलाई सशस्त्र आन्दोलन मार्फत फालेर २०००७ सालमा प्रजतान्त्रको स्थापना गर्ने युगान्तकारी काम गरेको थियो ।

त्यसपछि पनि २०४६ को सफलत जनआन्दोलन, देखी हरेक परिवर्तनका लागी जनआन्दोलन तथा आन्दोलनको सफल नेतृत्व गर्दै २०७२ साल अशोज ३ गते संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउने नेतृत्व समेत गरी परम्परागत रुपमा बंशले शासन गर्दै आएको राजतन्त्रात्मक व्यवस्था पनि संवैधानिक रुपमानै समाप्त गरेको नेपाली कांग्रेको युगान्तकारी सफल ईतिहास पनि छ । कांग्रेसलाई मुलुकै सवैभन्दा ठूलो शक्तिशाली र जनताको प्रिय पार्टी बनाउन १४ औं माधिविेशनमा गुटउपगुट रहित सर्वसम्वत नेतृत्व केन्द्र देखी प्रदेश,जिल्ला स्थानीय तह, र वडा तह सम्म चयन गर्नु पर्छ ।

त्यसका लागी पहिलो विकल्प कांग्रेस भित्र रहनु भएका अहिलेको पहिलो पुस्ताका शेर वहादुर देउवा, रामचन्द्र पौडेल,कृष्ण सिटौला, दोस्रो पुस्ता र तेस्रो तन्नतेरी विश्व प्रकाश र गगन थापाको पुस्तालाई मिलाएर महत्वपूर्ण जिम्मेवारीहरु वाडफाड गर्नु पर्छ । दोस्रो विकल्ल दोस्रो र तेस्रो तन्नेरी पुस्तालाई नेतृत्व गर्न दिएर अहिलेको पहिलो पुस्ता पार्टी र देशका लागी अभिभावक भएर प्रधानमन्त्री होईन राष्टपती हुनु सपना देख्नु पर्छ  ।

अन्तिम विकल्प अहिलेको तेन्नेरी पुस्ता जो पार्टीमा तेस्रो पुस्ताको रुपमा चर्चित छन उहाहरुलाई पार्टीको नेतृत्व सर्वसम्वत रुपमा केन्द्र देखी वडा तहसम्म सुम्पिने अनी केन्द्र देखी स्थानीय तह सम्मको सरकारको समेत नेतृत्व एक पटकका लागी दिने घोषणा गर्ने र पहिलो तथा दोस्रो पुस्ताका नेताहरु अभिभावक भएर अभिभावकत्व ग्रहण गर्ने र उहाहरुलाई आगामी राष्टपतीको रुपमा घोषणा गरी नया ढंगबा पाटी संगठनमा सशक्त र सक्रिय पूर्वक लाग्नु पर्छ ।

कांग्रेसले यस्तो महत्वपूर्ण र ऐतिहासिक निर्णय गर्ने साहस गरेमा राजनिति भन्दा वाहिर रहेका ठूलो पङ्गत्ती कांग्रेस तर्फ आर्कषित हुने र कांग्रेस वाहेक अन्य पार्टीहरुलाई मतदान गरीरहेका मतदाताहरुले पनि विकल्प सोच्न बाध्य हुने अनी पहिलो पटक मतदान गर्न लागेका तेन्नेरी मतदाताहरुले पनि तन्नेरीहरुले नेतृत्व गरेरको नेपाली कांग्रेस पार्टीलाई देशको पनि नेतृत्व दिनका लागी मतदान गर्न उत्साहित हुने छन ।

गौरवपूर्ण इतिहास भएको कांग्रेसको सफल वर्तमान बन्छ र भविष्य पनि सुनिश्चित हुने भएकोले कांग्रेसका यि विकल्पहरुबाट कांग्रेस सिद्धिने होइन सच्चिन सक्छ । विकल्हरुको वारेमा पनि व्यापक छलफल गरी १४ औं माहाधिवेशनमा ति विकल्प मध्य उचित विकल्पलाई प्रयोग गर्न समेत मेची देखी महाकाली सम्मका र हिमाल, पहाड मधेस र तराई सम्ममका कांग्रेसजनलाई तयार बनाउनु पर्छ । महासागर भएको कांग्रेस नदी हुदै खोला हुन लागेकोले अव कांग्रेसलाई खोलाबाट महासागर बनाउन सवै कांग्रेसीहरु एकजुट भएर लाग्नु पर्छ ।

अव नया परिवेशमा पार्टीको संघिय विधान पारितसंर्गै संघिय संरचना अनुरुप अभिलम्ब पार्टी संगठन बनाउनु पर्छ । राष्ट ,राष्टियता,लोकतन्त्र,समाजवादको सन्र्दभमा पुर्नव्याख्याका साथ पुर्नलेखन गर्नु पछ ।आर्थिक समाजिक र छिमेकी मित्र देशहरुको सम्वन्धको वारेमा लगायत पार्टीको सवै विषयमा सैद्धान्तिक तथा बैचारिक दस्तावेज अहिलेको युग र पुस्तालाई सुहाउदो नया निति र कार्यक्रमका साथ आफ्नो सिद्धान्तको पुर्नव्याख्या गर्दै संगठनको पुर्ननिर्माण गरी २१ औंशताब्दीको भारी बोक्ने सक्ने आधुनिक कांग्रेसको निर्माण गर्न पहिलो कर्तव्य हो ।

यसरी मात्र देशकै पहिलो,ठूलो र सशिक्ताली जनताको प्रिय आधुनिक कांग्रेस पार्टी बनााउन सकिन्छ । नेपाली कांग्रेसलाई अगाडी बढाउन र सशक्त बनाउन अव तन्नेरीहरुको मेहनेत र पसिना,पाका तथा अभिभावकहरुको अनुभव तथा सल्लाह र आर्सिवादबाट मात्र संभव हुन्छ । विशेषगरी यूवा नेताहरुले पनि पार्टी नेतृत्वलाई खवरदारी गरी गलत निर्णयहरुलाई सुर्धान लगाउनु भन्दा पनि त्रय नेताहरुकै चाकडी तथा चाप्लुसी गरी विभिन्न गुट तथा उपगुटहरुमा विभाजित भै नेतृत्वमा जाने, टिकट लिने सत्तामा जाने मात्र प्रमुख ध्यान राखेका कारण पनि पार्टीले अहिलेको हविगत व्यहोर्नु प¥यो ।

त्यसले गर्दा यूवा नेताहरुले पनि हारको दोष र जिम्मेवारी दिदै अव पार्टीलाई पहिलो बनाउन यूवा पुस्ता बढी जिम्मेवार र सक्रिय हुनु पर्छ । युग परिवर्तनसंर्गै अव नेपाली कांग्रेसका नेताहरुले दोस्रो जागरण अभियान मार्फत कांग्रेसीहरुले कांग्रेसलाई नवदल्ने हो भने कांग्रेस प्रजापरिषद र गोर्खा परिषद जस्तै इतिहासिमा मात्र सिमति हुन सक्छ । (लेखक–धनकुटा कांग्रेसका जिल्ला सचिव तथां सहिद स्मृती प्रतिष्ठानका महासचिव, र नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ ।)-bijayasrai075@gmail.com)

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७६ आश्विन १३, ०७: ४८

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !
  • २०७६ आश्विन १३, ०७: ४८

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर...

प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
प्रजातन्त्रको स्थायित्वप्रति छापा माध्यमको योगदान कतै पानीको फोका जस्तै नबिलाओस् जसमा हाम्रो पनि ३२ वर्षदेखिको लगानी जोडिएको छ ……….
  • २०७६ आश्विन १३, ०७: ४८

  १. आकस्मिकरुपमा आएको वहुमतको जगेडा गर्न साह्रै गाह्रो भएको देखिन्छ ……… राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा भइरहेको छ...