कविः माधव साधक परियार
नेपाली सबै परिवारको पाउँ आर्शिवाद ।
समयले माधवलाई दिएको छ साथ ।।
सुनिश्चित छ माधव अब विश्व प्रसिद्ध हुन्छ ।
सबैजना चकित पर्छन् चन्द्रमालाई छुन्छ ।।
दाउरा बेच्ने इट्टा पार्ने मजदुर थिएँ पहिले ।
साधक कवि भजन गायक भन्नुहुन्छ अहिले ।।
साहित्यिक र साधना हो मेरो आधा अङ्ग ।
जोडिएका छौं हामी अहिले एक अर्कासंग ।।
आधा–आधा जोडिएपछि सिङ्गै हुन्छ पूरा ।
यही नै छ जिन्दगीमा मेरो खुसीको कुरा ।।
अहिलेसम्म दुई सय तीन ठाउँमा गरेँ मैले काम ।
जीवन विज्ञानको मेरुदण्ड माधव हो नाम ।।
मित्रहरुले राखेको नाम लेखिदिएँ मैले ।
विश्वको नै आनन्दित मानिस मै हुँ लाग्छ अहिले ।।
गोर्खाली योद्धा हुँ कामचैं सेक्युरिटी ।
प्रेमले मित्र बनाउँछु अब संसारभरि ।।
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...