
काठमाडौं : प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभर रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले प्रत्येक स्थानीय तहमा मल भण्डारणस्थल निर्माण गर्न तथा वितरण प्रक्रियामा सम्बन्धित जिल्लाका प्रमुख जिलला अधिकारी र स्थानीय जनप्रतिनिधिको निगरानीमा मल वितरणको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिले मलको आयात तथा वितरणमा संलग्न रहेका संस्थाहरुको कोटा प्रणालीसमेत पुनरावलोकन गर्न निर्देशन दिएको छ ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...