नारायणगढ–मुग्लिन खण्डमा पुल बन्दै – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

नारायणगढ–मुग्लिन खण्डमा पुल बन्दै

नारायणगढ–मुग्लिन सडक खण्डमा धमाधम पुल निर्माण हुने भएको छ । त्यस स्थानमा १८ वटा नयाँ पुल बन्ने भएको छ भने चार वटा ठूला पुलको निर्माण कार्य भने सुरु भएको छ । आउँदो दुई वर्ष भित्र १८ वटा नयाँ पुल बनाइने भएको हो । सडक खण्डमा भएको पुल साँघुरा र जीर्ण भएका कारण सबै पुल नयाँ बनाउन लागिएको आयोजना लागि परेको छ ।

सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनीलाई नै पुल निर्माणको जिम्मा दिइएको छ । सडक निर्माणको लागि थपिएको अन्तिम पटकको म्याद सकिन तीन महिना बाँकी हुँदा तिनै ठेकेदारले सडक खण्डका पुल निर्माणको जिम्मा पाएका छन् ।

नारायणगढ मुग्लिन सडकखण्डमा चार वटा पुल निर्माणका लागि दुईवटा कम्पनी लामा कन्स्ट्रक्सन र रौताहा निर्माणसँग सम्झौता गरी काम सुरु भएको छ । आयोजनाका सूचना अधिकारी शिव खनालले सबै पुलका लागि नक्साङ्कनको काम भइरहेको बताउनुभएको छ । निर्माण सुरु भएका चार वटा पुलमा नारायणगढबाट १२ किलोमिटर दासढुङ्गा, १६ किलोमिटर खानी पुल, २२ किलोमिटर मौरी पुल र २९ किलोमिटर जलबिरे रहेका छन् । सडक खण्डमा ६ मिटर मात्र चौडा रहेको पुललाई ११ मिटर चौडाको निर्माण गरिने भएको छ । २१ महिनाभित्र निर्माण गरिसक्नुपर्ने पुलको निर्माणको काम सक्नुपर्ने छ ।

पुलको दुबै छेउमा १ दशमलव ५ मिटरका दरले फुटपाथ रहने छ । पुराना पुलहरुलाई मर्मत गरी आवत–जावत गर्न मिल्ने अवस्थामा राखिने र बीचको भागबाट दुईवटा गाडी एकसाथ आवत–जावत गर्न सक्ने छ । पुल निर्माणको लागि लाग्ने रकम मध्ये आधा रकम नेपाल सरकार र आधा रकम विश्व बैंकले लगानी गर्नेछन् ।

अन्य तीन पुलको जम्मा निर्माण लागत १३ करोड रहेको छ । ३ वटा पुल निर्माणको जिम्मा लामा कन्सट्रक्सनले पाएको छ । जलविरे पुल १४ करोडमा ठेक्का दिइएको छ । जलविरे पुल ८० मिटर लामो हुनेछ । जलवीरे पुल निर्माणको ठेक्का सोही खण्डमा सडक निर्माण गरिरहेको सुप्रिम रौताहा जेभीमध्ये नेपाली कम्पनी रौताहाले पाएको छ ।

एक भाग निर्माणको जिम्वेवारी पाएको अर्को रौताहा कम्पनीले नै पुल निर्माणको पनि काम पाएको छ । प्रगतिको तथ्यांकलाई हेर्दा रौताह कम्पनी सबै भन्दा ढिलो काम गर्ने कम्पनीको रुपमा रहेको छ । नारायणगढको आँपटारीदेखि मुग्लिनसम्म दूरी ३३.२ किलोमिटर छ । विश्व बैंकको २ अर्ब ९० करोड आर्थिक सहयोगमा २०७२ बैशाखबाट यो सडक बिस्तारको काम थालिएको हो ।

एसियन हाइवे अन्तर्गतको ‘ए एचटू’ खण्ड अन्तर्गत नारायणगढ–मुग्लिन सडक पर्दछ । गुणस्तरीय सडक निर्माण गर्ने उद्देश्यले यो सडक विस्तार थालिएको हो । वि.स. २०३६ सालमा नारायणगढलाई गोरखासँग जोड्न चीन सरकारको सहयोगमा यो सडक निर्माण भएको थियो । अहिले नारायणगढ आँपटारीदेखि पश्चिम १६ किलोमिटरसम्म ११ मिटर र १६ किलोमिटरदेखि मुग्लिनसम्म नौ मिटर चौडा गर्ने गरी ३ ठेकेदार कम्पनीले काम गरीरहेका छन् ।

सम्बन्धित समाचार

सर्वोच्च अदालतले भन्यो- गोलाप्रथा प्रक्रिया हटाउने कुनै तयारी छैन
सर्वोच्च अदालतले भन्यो- गोलाप्रथा प्रक्रिया हटाउने कुनै तयारी छैन
  • २०७४ माघ ११, १०: ५९

काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ...

किसानलाई यस वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराइने, उखु किसानको बाँकी भुक्तानी असारभित्र : मन्त्री चौधरी
किसानलाई यस वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराइने, उखु किसानको बाँकी भुक्तानी असारभित्र : मन्त्री चौधरी
  • २०७४ माघ ११, १०: ५९

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...

अर्थतन्त्रको आकार ६६ खर्ब
अर्थतन्त्रको आकार ६६ खर्ब
  • २०७४ माघ ११, १०: ५९

काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्‍मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...