प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्न नसकेको कांग्रेस र मधेशी दलबीचको गठबन्धनले राष्ट्रियसभा चुनावमा तालमेल गर्ने भएको छ । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा राजपा र फोरमसँग गठबन्धन गर्न नसक्दा नमिठो पराजय भोग्नु पर्यो ।
कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको हठका कारण आफ्नो गढ क्षेत्रमा पनि कांग्रेस खुम्चिनु परेको चर्चा चलेको छ । धनुषा क्षेत्र नम्बर तीनबाट मधेशवादी गठबन्धनले राजपा मण्डलका सदस्य राजेन्द्र महतोलाई उठाएपछि निधि असन्तुष्ट हुँदै लोकतान्त्रिक गठबन्धन नबनाउन लागि परेका थिए ।
पार्टीले निधिलाई त्यस क्षेत्रबाट उम्मेदवारी फिर्ता लिएर अर्काे क्षेत्रबाट लड्न आग्रह गर्दा पनि उनी जबरजस्ती सिंगो पार्टीको निर्णय भन्दा पनि व्यक्तिगत स्वार्थले चुनाव लडेका थिए । अन्तत् उनी महतोसँग पराजित भए र आफ्नो गढ क्षेत्रबाट कांग्रेसले पनि नराम्रो पराजय भोग्नु प¥यो । व्यक्तितग स्वार्थ त्यागेर निधिले पार्टीको निर्णय मानेको भए प्रतिनिधिसभाको चुनावमा कांग्रेस ६ सिटमा खुम्चनु पर्ने थिएन । कुल ३२ सिट रहेको २ नम्बर प्रदेशमा कांग्रेसले मधेशवादी गठबन्धनसँग ५०÷५० प्रतिशतमा भागबण्डा गरेर चुनाव लड्ने निर्णय गरेको थियो ।
तर मधेशवादी दलले कांग्रेसलाई १२ सिट र आफुहरुले २० सिट पाउनु पर्ने दाबी गरेको थियो । त्यसक्रममा आफ्नो विरुद्ध महतो उठेपछि निधि गठबन्धनको विरोधमा लागेको कांग्रेस स्रोतले जनाएको छ । यदी निधिले त्यतिखेरा मानेको भए कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १२ सिट जित्ने थियो, ६ सिटमा खुम्चनु पर्ने थिएन । त्यसबेला नराम्ररी पछारिएको कांग्रेस अहिले भने मधेशवादी दलसँग राष्ट्रियसभाको चुनावमा तालमेल गर्ने सहमति गरेको छ । राजपा, फोरम र कांग्रेसबीच २÷२ सिट लिने गरी सहमति भएको हो ।
त्यसबेला गठबन्धन गरेको भए धेरै सिट पनि जित्न सक्ने थियो र अहिले बलियो स्थितिमा हुने थियो कांग्रेस । एउटा व्यक्तिका कारण मिल्न नसकेको कांग्रेसले अहिले समान हैसियतमा २÷२ सिट बाँड्नुलाई मधेशवादी दलले दया गरेर दिएको सिट भनि अथ्र्याइएको छ । यसबारेमा किन कांग्रेसजनहरु चुप बसेका छन्, अचम्म लागेको छ स्रोतले भन्यो ।
काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ...
काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...
काठमाडौं : अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत...