दूरदृष्टिको आवश्यकता यस्तै कठिन बेलामा हुन्छ….. – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

दूरदृष्टिको आवश्यकता यस्तै कठिन बेलामा हुन्छ…..

१. नयाँ निर्वाचनको वातावरण अझै बनेन

प्रतिनिधि सभाको निर्वाचनका लागि २०८२साल फागुन २१को निर्वाचन मिति तोकिएको भए पनि देशमा निर्वाचन आएको जस्तो महसुस हुन सकेको छैन । यसको कारण हुनसक्छ यो निर्वाचनको मिति अनायास नै तोकिएको हो । कारण हो, जेनजी आन्दोलनको परिणामस्वरुप प्रतिनिधि सभा विघटन गरिएको थियो । प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार संसदविहीन अवस्था कल्पना गरिएको हुँदैन र कुनै कारणले संसद नभएको अवस्था सृजना भएमा विघटन भएको मितिबाट ६महिनाभित्रमा त्यसको स्थापना हुनु अनिवार्य हुन्छ । यो संवैधानिक व्यवस्था हो र प्रजातन्त्रको सामान्य ज्ञानले पनि थाहा हुने कुरा हो । जुन परिस्थितिबाट मुलुक गुज्रिँदै छ, यसको भनक पहिले पनि आएकै हो । भ्रष्टाचारविरुद्ध प्रत्येक सरकार बोल्दै थियो, प्रत्येक सरकार सुशासनको पक्षमा देखिन खोज्दै थियो तर आम जनताले त्यसको महसुस गर्न पाएका थिएनन् । सुशासन कायम गर्नका लागि संविधानले तय गरेका र स्थापना गरेका संस्थाहरुप्रति नै नागरिक समाजले औँला ठड्याएका थिए र अझै ती संस्थाहरुको निष्पक्षता र कार्यशैलीप्रति समाजमा प्रश्न उठिरहेकै छ । त्यसैको फलस्वरुप आवाजविहीनहरुको आवाज बनेर नवयुवाहरु सडकमा आएका थिए, आन्दोलनको स्वरुपमा खबरदारी गर्न थाल्दा नै तत्कालीन सरकारको दृष्टिकोण दमनकारी देखियो र अन्धाधुन्ध गोली चल्यो, दर्जनौ युवाहरु मरिए, हजारँौ राउन्ड गोली चल्यो र हजारौँ घाइते भए । त्यहीक्रममा अहिलेसम्म ७६जनाको निधन भएको र त्यसमध्ये केहीको अझै सनाखत हुुन नसकेको अवस्था छ । स्वतःस्फूर्त होला या प्रायोजित होला, त्यसको निर्कौल जाँचबुझ आयोगको प्रतिवेदनले देखाउला तर भदौ २३को घटनापश्चात् २४गते स्थिति यसरी भयानक भयो कि अचानक मुलुक एउटा रिक्तताको अवस्थामा आइपुगेकै थियो । सरकार थिएन, मुलुकका व्यवस्थापिका , कार्यपालिका र न्यायपालिका आन्दोलनको निसानामा परेका थिए र त्यो रिक्तताको निकास भयावह हुनसक्थ्यो, हजारौँ मानिसहरु अरु मारिन सक्थे, मुलुक भयानक सङ्कटमा धकेलिन सक्थ्यो । राष्ट्रपति, नेपाली सेना र जेनजीभित्रका केही आन्दोलनकारीहरुको समन्वय नेपाली सेनाले गरेकै हो र आजको सहज अवस्थामा मुलुक आएकै हो । दलहरु एकाएक अलमलमा परेकै हुन् । त्यो अवस्थामा दलहरुको भूमिका के हुनुपथ्र्यो भन्ने बारेमा जनता अन्याौलमा नै रहे । यसको झझल्को प्रतिनिधि सभा पुनस्र्थापनाका लागि भएको रिटमाथिको छलफलमा सम्माननीय प्रधानन्यायाधीश प्रकाश राउतले उठाएका केही अहम् सबालले पनि देखाएको छ । त्यसबाट एउटा सचेतनाको नयाँ धारणा विकसित भएकै छ र त्यसका लागि पनि नयाँ जनादेशको आवश्यकता परेको हो भन्न सकिन्छ । र पनि मुलुक अझै निर्वाचनको तयारीमा पुगेको देखिँदैन । त्यसको कारण हो, निर्वाचनका सरोकारवाला भनेका राजनीतिक दलहरु हुन् र तिनको सातो गएझैँ आफू निर्वाचनमा के मुद्दा लिएर जाने भन्नेमा अझै स्पष्ट छैनन् । दलहरुले उनीहरुमाथि बदला लिएजस्तै ठानेका छन् र अझै संसद पुनस्र्थापनाको आशमा देखिन्छन् । विघटित प्रतिनिधि सभालाई यति भुत्ते बनाएका थिए कि एउटा विधेयक पारित हुन पनि बर्सौँ लाग्यो र कति त अनिर्णयको बन्दी भएर मुलुक अझै अप्ठेरोमा छ । संविधान संशोधनको नारामा सरकार बनाए पनि त्यसप्रति उदासीनताले पनि आजको राजनीतिक रिक्तता आएको हुनुपर्छ भन्ने राजनीतिक पर्यवेक्षकको धारणा पाइन्छ । जे होस् जसरी होस् निर्वाचनमात्र होस् भन्नु भन्दा अबको संसदको कार्यभार के हुनेछ भनेर नभन्ने हो भने निर्वाचनबाट आउने सरकार भनेको आकाशको तारा पनि हुनसक्छ । त्यसैले पहिले दलहरु समालिनु पर्छ, नागरिक समाजले बाटो सही देखाउन सक्नुपर्छ र सरकारले पनि शान्तिसुरक्षाका लागि सक्दो प्रयास गरेपछि मात्र विश्वस्त जनता मत दिन मतदान केन्द्रसम्म जानेछन् । नयाँ निर्वाचनको वातावरण नबन्नुमा दलहरुको आपसी खिचातानीले भन्दा पनि सरकारको स्पष्ट धारणा खोजेका छन् : कसरी निर्वाचनका लागि गाउँमा जाने ? जनतामा के मुद्दा लिएर जाने ? नयाँ राजनीतिक संरचनाका लागि कि एउटा नयाँ सरकार बनाउनका लागि मात्र ? अब बन्ने सरकार पनि कस्तो पो होला ? भावी दिनका बारेमा चिन्ता लिनु जरुरी छ जसले गर्दा सुशासनको मुद्दाले भ्रष्टाचारविरुद्धको परिणाम पनि स्पष्ट हुनु जरुरी छ । अनि भावी प्रतिनिधि सभाले संविधान संशोधन गर्नु पर्ने अभिभारा हो भने त्यसको खाका अहिले तयार हुनुपर्छ र जनतासँग त्यसका लागि जनादेश लिन सक्नुपर्छ । दलहरुभित्रको अन्तरसंघर्षले देखाउँछ, निर्वाचनका लागि दलहरु अझे तयार छैनन्, सरकार पनि निर्वाचनको वातावरण बनाउन सकिरहेको छैन ।

२. र अन्त्यमा, यदि सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेमा कसरी त्यसको सदुपयोग गर्ने ? भन्नेमा पनि सरकार तयारीमा बस्नुपर्छ किनभने पुनर्स्थापनापछि यो सरकार रहँदैन र पनि सरकारले नयाँ खाका तयार गरिहनु पर्छ । यो सरकारको नेतृत्व पूर्व प्रधानन्याायाधीशले गरेको हो र उहाँको क्षमताको प्रयोग गर्नका लागि दलहरु सधैँ सकारात्मक हुनुपर्छ । अदालतमा मुद्दा परेपछि अनुमान गर्नुभन्दा विकल्पका लागि तयार हुुनुपर्छ । अदालतले पनि पुनस्र्थापना गरेपछिको परिणामप्रति ध्यान दिनुपर्छ चाहे पुनस्र्थापना होस् या रिट खारेज गर्दाको अवस्थामा होस् । बेला आएको छ दूरदृष्टि राख्ने सबैले । कसो गरे मुलुकले बाटो नविराउला ? तर त्यो लय भनेको प्रजातान्त्रिकमात्रै हुनुपर्छ । निर्वाचनको विकल्प नहोला , होला तर प्रजातन्त्रको विकल्प छैन । यसप्रति सबैको ध्यान जानैपर्छ । संसद, सरकार र अन्य प्रजातान्त्रिक संस्थाहरुमा कब्जा जमाउनु भन्दा असल बाटो बनाउन सके प्रणाली आफैँ हिँड्छ र जनताको विश्वास फेरि आर्जन गर्न सकिन्छ । सही राजनेताको पहिचान पनि यस्तै बेलामा हुने हो जसले मुलुकमा देखिएको सङ्कटलाई सहज तरिकाले पार लगाउने हिम्मत गर्छ, बुद्धिमत्तापूर्ण नेतृत्व दिन सक्छ जसले मुलुकको हित भइरहन्छ । क्षणिक फाइदाका लागि अब बन्देज गर्न सक्नुपर्छ । सायद यो अवस्थाको सन्देश यही हुनुपर्छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०८२ कार्तिक १८, १६: ५१

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

ओमानसँग नेपाल पराजित
ओमानसँग नेपाल पराजित
  • २०८२ कार्तिक १८, १६: ५१

काठमाडौं : आइसिसी  विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
तरुण दलका मोनोनीत अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा
  • २०८२ कार्तिक १८, १६: ५१

काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...