२७ जना प्रहरी आफूखुशी गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन – Naya Bikalpa
November 26, 2025, Wednesday      Epaper

२७ जना प्रहरी आफूखुशी गैरहाजिर, ७ दिनभित्र हाजिर हुन निर्देशन


काठमाडौं : भदौ यता २७ जना प्रहरी आफूखुशी गैरहाजिर रहेको खुलेको छ।

प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी गैरहाजिर रहेका ती २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन भनेको हो।

भदौ र असोज महिनाका विभिन्न मितिमा बिदा लिएर बिदा सकिँदासमेत कार्यालयमा हाजिर नभए पछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो।

आफूखुशी गैरहाजिर हुनेहरूमा एक जना प्रहरी सहायक निरीक्षक, दुई जना हवलदार, तीन जना सहायक हवलदार, २० जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी रहेका छन्।

उनीहरुको खोजतलास गराउँदा तथा सूचना टाँस भइसक्दा पनि कार्यालयको सम्पर्कमा नआएको हेडक्वार्टरले जनाएको छ।

सम्पर्कविहीन रहेका ती प्रहरीहरूलाई स्पष्टीकरणसहित बाटोको म्याद बाहेक सात दिनभित्र उपस्थित हुन भनिएको छ।

अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने कारबाही हुने प्रधान कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ
सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ
  • २०८२ मंसिर १०, ०७: २९

काठमाडौं : सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ परेका छन् । गत भदौ २४ गते...

विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
  • २०८२ मंसिर १०, ०७: २९

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागिपरेको बताएका छन् । बुधबार...

कांग्रेस नेता घिमिरेको नेतृत्वमाथि कटाक्ष– ‘डेढ महिने बैठकले विश्वको कीर्तिमान तोड्यो’
कांग्रेस नेता घिमिरेको नेतृत्वमाथि कटाक्ष– ‘डेढ महिने बैठकले विश्वको कीर्तिमान तोड्यो’
  • २०८२ मंसिर १०, ०७: २९

काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय कार्यसमिति बैठक डेढ महिना गुज्रँदासमेत निष्कर्षमा नपुगेको भन्दै नेतृत्वप्रति गम्भीर प्रश्न...