सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ – Naya Bikalpa
November 26, 2025, Wednesday      Epaper

सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति पक्राउ

काठमाडौं : सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ परेका छन् ।

गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पूर्व स्ववियू सभापति विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको हो ।

ढुंगेल तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेतासमेत हुन् । २०७९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उनी ल क्याम्पसको सभापतिमा विजयी भएका थिए ।

यसअघि सर्वोच्च अदालतमा आगजनी तथा तोडफोड गर्ने दुई युवकलाई सोही कार्यालयले पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ : शिक्षामन्त्री पुन
  • २०८२ मंसिर १०, १६: २७

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागिपरेको बताएका छन् । बुधबार...

कांग्रेस नेता घिमिरेको नेतृत्वमाथि कटाक्ष– ‘डेढ महिने बैठकले विश्वको कीर्तिमान तोड्यो’
कांग्रेस नेता घिमिरेको नेतृत्वमाथि कटाक्ष– ‘डेढ महिने बैठकले विश्वको कीर्तिमान तोड्यो’
  • २०८२ मंसिर १०, १६: २७

काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी केन्द्रीय कार्यसमिति बैठक डेढ महिना गुज्रँदासमेत निष्कर्षमा नपुगेको भन्दै नेतृत्वप्रति गम्भीर प्रश्न...

कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला सुरु
कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला सुरु
  • २०८२ मंसिर १०, १६: २७

काठमाडौं : नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेकाहरूको भेला काठमाडौंको राष्ट्रियसभा गृहमा सुरु भएको छ । विशेष महाधिवेशनका लागि ५४...