
काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् ।
कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरुमा युवापुस्तालाई राज्यको मुल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आएपनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए । आफूले कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि कोइरालाले गरे ।

आज प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग विशालनगरस्थित कोइरालाकै सम्पर्क कार्यलयमा भएको भेटघाटमा नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरुले पुर्याएको योगदानका सधै उच्च कदर हुने बताए ।
देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै उनले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरुको अनुभवको सहयोगको खाँचो रहेको पनि उनले प्रष्ट पारे ।

“सयौं योद्धा र युवाहरुको रगत पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक बिचलन आएको छ” कोइरालाले भने, “पार्टी भित्र मुल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ।”
जिल्ला-जिल्लाबाट आएका सेनानीहरुलाई पार्टीको आसन्न महाधिवेसन र आम निर्वाचनमा होमिन कोइरालाले निर्देशन दिए ।


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।गृह मन्त्रालयमा मंगलबार भएको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...
काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एफको यही फागुन २९ गते बिहान ९ बजे तेस्रो क्याबिनेट मिटिङ मुगु...