केन्द्रीय कार्यालयको वक्तव्य खारेज गरेको घोषणा : अजयबाबु सिवाकोटी – Naya Bikalpa
January 9, 2026, Friday      Epaper

केन्द्रीय कार्यालयको वक्तव्य खारेज गरेको घोषणा : अजयबाबु सिवाकोटी

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले कांग्रेस केन्द्रीय कार्यालयको वक्तव्य खारेज गरिएको घोषणा गरेका छन् ।

बिहीबार विशेष महाधिवेशनको सन्दर्भबारे नेपाल सांस्कृतिक महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सिवाकोटीले केन्द्रीय समितका मुख्यसचिवले बुधबार राति विशेष महाअधिवेशनसम्बन्धी जारी गरेको विज्ञप्ति खारेजीको घोषणा गरिएको बताए ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार राति जारी गरेको विज्ञप्तिमा व्यक्तिगत रूपमा बोलाइने अधिवेशन वा विशेष महाधिवेशन पार्टीको विधानविपरीत हुने उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरिएको थियो ।

बुधबार नै कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको पुस २७ र २८ गते हुने विशेष महाधिवेशनमा सहभागी हुन औपचारिक रूपमा आह्वान गरेका थिए ।

सम्बन्धित समाचार

चेकबाट ५ लाखभन्दा बढी नगद निकाल्न नपाइने
चेकबाट ५ लाखभन्दा बढी नगद निकाल्न नपाइने
  • २०८२ पुष २४, १४: ४१

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत हुने नगद कारोबारमा व्यापक कडाइ गर्दै नगद भुक्तानीको अधिकतम सीमा घटाएको...

कांग्रेस बागमती प्रदेशका बहुमत पदाधिकारी पनि विशेष महाधिवेशनको पक्षमा
कांग्रेस बागमती प्रदेशका बहुमत पदाधिकारी पनि विशेष महाधिवेशनको पक्षमा
  • २०८२ पुष २४, १४: ४१

काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख पदाधिकारीहरूले पार्टीको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्दै प्रदेशभित्रका सबै...

रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुको विशेष महाधिवेशनप्रति प्रतिबद्धता
रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुको विशेष महाधिवेशनप्रति प्रतिबद्धता
  • २०८२ पुष २४, १४: ४१

रुपन्देही : नेपाली कांग्रेस रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा सहभागी हुन सबै प्रतिनिधि, नेता–कार्यकर्ता,...