गुरुराज घिमिरे भन्छन्- ‘कांग्रेस विशेष महाधिवेशनमा दुई तिहाइ प्रतिनिधि उपस्थित हुने निश्चित’ – Naya Bikalpa
January 9, 2026, Friday      Epaper

गुरुराज घिमिरे भन्छन्- ‘कांग्रेस विशेष महाधिवेशनमा दुई तिहाइ प्रतिनिधि उपस्थित हुने निश्चित’

काठमाडौं : नेपाली कांग्रेसमा विशेष महाधिवेशनको वातावरण तातिएको छ। विशेष महाधिवेशनको प‍क्षमा नेतृत्व गरेका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन्। उनी भन्छन्, “विशेष महाधिवेशनको औचित्य विधानले सुनिश्चित गरेको छ। नेतृत्व परिवर्तन बिना यसले कुनै अर्थ राख्दैन।”

घिमिरेले थपे, “शेखर कोइरालालाई पनि विशेष महाधिवेशनमा सहभागी हुन अनुरोध गरेका छौं। पार्टीभित्र उत्पन्न नयाँ परिस्थिति र नेतृत्व परिवर्तन आवश्यकतालाई दृष्टिगत गर्दै, दुई तिहाइ प्रतिनिधि उपस्थित हुने सुनिश्चित छ। कुनै अवरोधले यस ऐतिहासिक महाधिवेशनमा सहभागी हुन रोक्न सक्दैन।”

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गरेपछि, संस्थापन पक्षले रोक्न प्रयास गर्दै आएको छ। तर घिमिरेले भने, “कांग्रेस कुनै व्यक्तिगत संस्था होइन। हजारौंको बलिदान र लाखौंको समर्थनले बनेको साझा पार्टी हो। प्रतिनिधिको बहुमतले नयाँ नेतृत्व चयन हुनेछ र पार्टी फुटको कुनै योजना छैन।”

उनले पार्टीभित्रको परम्परागत गुटबन्दी भत्किएको र अब नयाँ ध्रुवीकरण भएको उल्लेख गर्दै भने, “नेतृत्व, नीतिगत र संरचनागत परिवर्तन अपरिहार्य छ। यही कारणले पार्टीका सबै सक्रिय सदस्यहरूलाई पुस २७–२८ मा हुने विशेष महाधिवेशनमा सहभागी भएर योगदान दिन आग्रह गर्दछौं।”

विशेष महाधिवेशनबाट पार्टीलाई मजबुत, जनमुखी र लोकतान्त्रिक संरचनामा पुनःस्थापित गर्ने लक्ष्य राखिएको छ।

सम्बन्धित समाचार

चेकबाट ५ लाखभन्दा बढी नगद निकाल्न नपाइने
चेकबाट ५ लाखभन्दा बढी नगद निकाल्न नपाइने
  • २०८२ पुष २४, १७: ५२

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत हुने नगद कारोबारमा व्यापक कडाइ गर्दै नगद भुक्तानीको अधिकतम सीमा घटाएको...

कांग्रेस बागमती प्रदेशका बहुमत पदाधिकारी पनि विशेष महाधिवेशनको पक्षमा
कांग्रेस बागमती प्रदेशका बहुमत पदाधिकारी पनि विशेष महाधिवेशनको पक्षमा
  • २०८२ पुष २४, १७: ५२

काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख पदाधिकारीहरूले पार्टीको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्दै प्रदेशभित्रका सबै...

रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुको विशेष महाधिवेशनप्रति प्रतिबद्धता
रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुको विशेष महाधिवेशनप्रति प्रतिबद्धता
  • २०८२ पुष २४, १७: ५२

रुपन्देही : नेपाली कांग्रेस रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा सहभागी हुन सबै प्रतिनिधि, नेता–कार्यकर्ता,...