झापा कांग्रेसले पनि विशेष महाअधिवेसनमा सक्रिय सहभागी हुन गर्‍यो आह्वान – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

झापा कांग्रेसले पनि विशेष महाअधिवेसनमा सक्रिय सहभागी हुन गर्‍यो आह्वान

झापा : आम निर्वाचन हारेका कृष्णप्रसाद सिटैालाको गृह जिल्लाबाट पनि नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सक्रिय सहभागी हुनका लागि आह्वान गरिएको छ ।

कांग्रेस झापा क्षेत्र नं. १ क्षेत्रीय समितिले आगामी पुस २७ र २८ मा काठमाडौँमा आयोजना हुने विशेष महाधिवेशनमा प्रतिनिधिहरूको सक्रिय, जिम्मेवार र गरिमामय सहभागिताका लागि औपचारिक अपिल गरेको हो ।

सभापति इन्द्रबहादुर बुढाथोकीले जारी गरेको आह्वान पत्रमा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतीहरूबारे गम्भीर निर्णय लिन यो महाधिवेशन ऐतिहासिक अवसर भएको उल्लेख गरिएको छ। अपिलपत्रमा झापा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित महासमिति तथा महाधिवेशन प्रतिनिधिहरूलाई अनिवार्य रूपमा उपस्थित भई महाधिवेशनलाई भव्य, सफल र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

बुढाथोकीले भने, “नेपाली कांग्रेस केवल राजनीतिक संगठन मात्र होइन, लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको बलियो स्तम्भ हो। यस्तो ऐतिहासिक घडीमा तपाईंहरूको सहभागिता केवल औपचारिक उपस्थितिमा सीमित छैन, पार्टीको भविष्य र देशको दिशानिर्देशनसँग प्रत्यक्ष रूपमा जोडिएको कर्तव्य हो।”

अपिलपत्रमा थप भनिएको छ, “पार्टी बलियो हुँदा देश बलियो हुन्छ। विशेष महाधिवेशनले पार्टीलाई थप जुझारु, विश्वसनीय र आम नेपालीजनमा भरोसायोग्य बनाउने नयाँ ऊर्जा प्रदान गर्नेछ। त्यसैले महाधिवेशनमा तपाईंहरूको सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।”

 

सम्बन्धित समाचार

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
  • २०८२ पुष २४, १८: ०४

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८२ पुष २४, १८: ०४

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८२ पुष २४, १८: ०४

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...