
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भेटवार्ता भएको हो ।
तीन घन्टा लामो भेटवार्ताको क्रममा आगामी राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ । स्रोतका अनुसार उनीहरूबीच तीन घन्टा लामो छलफल भएको थियो ।
छलफलमा ओलीले प्रधानमन्त्री कार्कीलाई निर्वाचन शान्त, निष्पक्ष र भयरहीन वातावरणमा सम्पन्न गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले ओलीलाई दुवै निर्वाचन भयरहीत वातावरणमा सम्पन्न हुने आश्वस्त पारेको स्रोतले बतायो ।
यसअघि प्रधानमन्त्री कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा शीतल निवास भेटवार्ता भएको थियो । त्यसलगत्तै बालुवाटारमा उनीहबीच पुनः भेटवार्ता भएको थियो ।
त्यसपछि ओलीले बिहीबार प्रधानमन्त्री कार्कीसँग छुट्टै भेटवार्ता गरेका छन् ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत हुने नगद कारोबारमा व्यापक कडाइ गर्दै नगद भुक्तानीको अधिकतम सीमा घटाएको...
काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख पदाधिकारीहरूले पार्टीको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्दै प्रदेशभित्रका सबै...
रुपन्देही : नेपाली कांग्रेस रुपन्देही जिल्लाका सबै क्षेत्र र जिल्ला नेताहरुले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा सहभागी हुन सबै प्रतिनिधि, नेता–कार्यकर्ता,...