महाराष्ट्रका उपमुख्यमन्त्री पवारको विमान दुर्घटनामा निधन – Naya Bikalpa
April 18, 2026, Saturday      Epaper

महाराष्ट्रका उपमुख्यमन्त्री पवारको विमान दुर्घटनामा निधन

काठमाडौंः महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा बुधबार बिहान दुःखद निधन भएको खबरले देशभर शोकको लहर फैलिएको छ । बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उहाँसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ ।

शिवसेना (युबिटी) का सांसद अरविन्द सावन्तले यस घटनालाई ‘अत्यन्त दुःखद’ भन्दै पवार परिवारप्रति गहिरो समवेदना प्रकट गरे। उनले बारामती क्षेत्रको विकासमा अजित पवारको ठुलो योगदान रहेको स्मरण गर्दै उनी साहसी र प्रतिबद्ध नेता भएको उल्लेख गरे ।

शिवसेना (युबिटी) कै सांसद प्रियङ्का चतुर्वेदीले पनि यस समाचारलाई स्तब्ध र हृदयविदारक बताउँदै मतभेद भए पनि सँगै काम गरेको अनुभव स्मरण गरे । उनले पवार परिवारका सबै सदस्य तथा बारामतीका जनताप्रति सहानुभूति व्यक्त गरे।

बिहान करिब ८ बजे मुम्बईबाट उडेको सानो चार्टर विमान बारामती विमानस्थल नजिकै अवतरण प्रयासका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा विमानका अवशेषबाट आगो र धुवाँ निस्किएको देखिएको थियो । अजित पवार जिल्ला परिषद् चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सम्पर्क गरी घटनाबारे जानकारी लिएको महाराष्ट्र सरकारले जनाएको छ । विभिन्न दलका सांसद तथा केन्द्रीय मन्त्रीहरूले पनि उहाँको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।

अजित पवार दिग्गज नेता शरद पवारका भतिजा तथा लोकसभा सांसद सुप्रिया सुलेका काकाको छोरा थिए । उनी फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता हुन् । पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ सिन्दे नेतृत्वका सरकारहरूमा उनले उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाले । उनका श्रीमती सुनेत्रा पवार तथा छोराहरू जय र पार्थ पवार हुन् ।

सम्बन्धित समाचार

लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
  • २०८२ माघ १४, ११: ३६

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...

होर्मुजमा इरानी अवरोध हटेसँगै अन्तर्राष्ट्रिय बजारमा घट्यो तेलको मूल्य
होर्मुजमा इरानी अवरोध हटेसँगै अन्तर्राष्ट्रिय बजारमा घट्यो तेलको मूल्य
  • २०८२ माघ १४, ११: ३६

काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुजको अवरोध हटाए लगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । युद्धविराम अवधिभर होर्मुज...

तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ
तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ
  • २०८२ माघ १४, ११: ३६

काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...