काठमाडौ । पेरुको दक्षिणी क्षेत्रमा आएको बाढीपीडितको उद्धारमा खटिएको पेरुभियन वायुसेनाको एमआई-१७ हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । सोमबार फेब्रुअरी २३ मा सार्वजनिक गरिएको आधिकारिक जानकारी अनुसार यो दुखद घटना आरिक्विपा क्षेत्रको काराभेली प्रान्तमा भएको हो।
दुर्घटनामा हेलिकप्टरमा सवार सबै १५ जनाको मृत्यु भएको छ। यसमा ४ चालक दलका सदस्य र ११ यात्रीहरू रहेका थिए। मृतकहरूमा सात जना बालबालिका समेत छन्, जसमध्ये सबैभन्दा सानो बच्चा ३ वर्षको मात्र थियो ।
हेलिकप्टरको भग्नावशेष चाला जिल्लाको चाला भिएजो भन्ने ठाउँमा फेला परेको छ।
काठमाडौं । इरानसँग जारी युद्धका क्रममा करिब १४० अमेरिकी सैनिक घाइते भएको अमेरिकाको रक्षा मन्त्रालय ‘पेन्टागन’ले दिएको छ ।पेन्टागनका प्रवक्ता...
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिदै नेपाली कांग्रेसकी...
काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले मध्यपूर्वमा शनिबार भएका आक्रमणहरूको निन्दा गर्दै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरेका...