
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि उक्त क्षेत्रमा देखिएका समस्याको समाधानका लागि निरन्तर पहल गरिरहने बताएका छन् ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थापाले आफूले चुनावी अभियानका क्रममा सर्लाही–४ मा देखेका विभिन्न समस्याहरू समाधान गर्न आफ्नो क्षमता र पहलभित्र रहेर काम जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
“यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु,” उनले फेसबुकमा लेखेका छन् ।
थापाले सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका डा. अमरेश सिंहलाई बधाई तथा शुभकामना पनि दिएका छन् । साथै उनले आफूलाई मत दिने सबै मतदाताप्रति आभार व्यक्त गरेका छन् ।
“सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना। मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,” उनले लेखेका छन् ।
सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउन सके ।
काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...
काठमाडौं : नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । पार्टीका...
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकै नजिक निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको दोधारे चरित्रका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्रको...