ललितपुर–२ मा रास्वपाका खरेल विजयी – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

ललितपुर–२ मा रास्वपाका खरेल विजयी

पाटन : प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी भएका छन् ।

ललितपुर क्षेत्र नं २ को निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१  मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरे । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत र नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६  प्राप्त गरे ।

कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ मतदान गरेका थिए । यस क्षेत्रमा राजनीतिक दलबाट र स्वतन्त्रसमेत गरी २३ जना उम्मेदवार रहेका थिए ।

सम्बन्धित समाचार

मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
  • २०८२ फाल्गुन २४, ११: ४१

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...

एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
  • २०८२ फाल्गुन २४, ११: ४१

काठमाडौं : नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । पार्टीका...

डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा
डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा
  • २०८२ फाल्गुन २४, ११: ४१

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकै नजिक निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको दोधारे चरित्रका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्रको...