
काठमाडौं : ललितपुरका स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा नदिन आग्रह गरेका छन्।
बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुर महानगर, नगर तथा गाउँपालिकाबाट निर्वाचित मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान राजनीतिक परिस्थितिमा थापाको नेतृत्व पार्टीका लागि आवश्यक रहेको बताएका हुन्।
विज्ञप्तिमा देशको जटिल राजनीतिक अवस्था, नेपाली कांग्रेसको गौरवशाली इतिहास, समसामयिक राजनीतिमा खेल्नुपर्ने भूमिका तथा राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि थापाको नेतृत्व अपरिहार्य रहेको उल्लेख गरिएको छ। उनीहरूले थापा पार्टीलाई मार्गदर्शन गर्न सक्ने सक्षम र उपयुक्त व्यक्तित्व भएको दाबी गरेका छन्।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, महाङ्काल गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, महालक्ष्मी नगरपालिकाका प्रमुख गणेशबहादुर केसी, गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन तथा कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरेले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
जनप्रतिनिधिहरूले पछिल्लो समय उठिरहेको सभापतिको राजीनामासम्बन्धी चर्चालाई अस्वीकार गर्दै पार्टीलाई सुदृढ बनाउन नेतृत्वको निरन्तरता आवश्यक रहेको बताएका छन्। त्यसैले थापालाई राजीनामा नदिन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ।

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...
काठमाडौं : नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । पार्टीका...
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकै नजिक निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको दोधारे चरित्रका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्रको...