
काठमाडौं : श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । धरानमा आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले ४ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।
पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत् निर्वाचन आयोगमा पठाइएको समानुपातिक सांसदको नामावली सार्वजनिक गरेका छन् ।
पार्टीले आदिवासी जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खस आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी महिलाबाट रुवीकुमारी ठाकुरको नाम बुझाएको छ ।
श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ भने ३ सिट जितेको छ ।
काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...
काठमाडौं : नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । पार्टीका...
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकै नजिक निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको दोधारे चरित्रका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्रको...