
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला ललितपुरमा सुरू भएको छ।
दुई दिनसम्म ग्वार्कोस्थित रोयल टुलिप होटलमा चल्ने अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी), स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आगन्तुक प्रशिक्षकहरूले अभिमुखीकरण दिने कार्यसूची रहेको छ।
सभापति लामिछानेले अभिमुखीकरणको समापन मन्तव्य दिनेछन्।
अभिमुखीकरणको उद्घाटन संघीय निर्वाचन सम्पादन समितिका संयोजकसमेत रहेका उपसभापति अर्यालले गर्नेछन्।
अभिमुखीकरणको आरम्भ उपसभापतिद्वय अर्याल र वाग्लेले गर्नेछन्।
उनीहरूले विषय प्रवेशका अतिरिक्त अभिमुखीकरणको तात्पर्यबारे नवसांसदहरूलाई जानकारी गराउनेछन्।
काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...
काठमाडौं : नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । पार्टीका...
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकै नजिक निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको दोधारे चरित्रका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्रको...