निर्वाचन सफल बनाउन भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले गरिन् नेकपाको प्रशंसा – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

निर्वाचन सफल बनाउन भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले गरिन् नेकपाको प्रशंसा

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् ।

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरुलाई आज बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री कार्कीले धन्यवाद दिएकी हुन् ।

उनले निर्वाचनमा विजय भएका नेताहरूलाई बधाई दिइन् र अन्य नेताहरूलाई अर्को पटकका लागि शुभकामना दिइन् । नेकपाका नेताहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका थिए ।

अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको नेकपाका नेताहरूको भनाइ थियो ।

सम्बन्धित समाचार

मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
  • २०८२ चैत्र ४, १२: २८

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...

एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
  • २०८२ चैत्र ४, १२: २८

काठमाडौं : नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । पार्टीका...

डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा
डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा
  • २०८२ चैत्र ४, १२: २८

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकै नजिक निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको दोधारे चरित्रका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्रको...