मन्त्री बन्न मिडिया ट्रायल नगर्न सांसदहरुलाई रवि लामिछानेको निर्देशन – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

मन्त्री बन्न मिडिया ट्रायल नगर्न सांसदहरुलाई रवि लामिछानेको निर्देशन

काठमाडौं : रास्वपा सभापति रवि लामिछानेले मन्त्री बन्न मिडिया ट्रायल नगर्न आफ्ना सांसदहरुलाई आग्रह गरेका छन् । नवनिर्वाचित सांसदहरुका लागि राखिएको दुई दिने अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले अहिलेसम्म मन्त्रिपरिषद्मा पठाउने मन्त्रीबारे कुनै निर्णय नभएको दाबी गरे ।

‘मन्त्री बन्न मिडिया ट्रायल नगर्नुस् । पार्टीले वरिपरि देखिइरहने मात्र हैन, छेलिएका साथीहरुलाई पनि देखेको छ’ सभापति लामिछानेले भने, ‘कसको के विज्ञता छ त्यो पनि थाहा छ । यही हलमै भएका साथीबाट मन्त्री हुने हो । तर, क्याबिनेटमा कसलाई पठाउने निर्णय भएको छैन ।’

सांसदहरुलाई स्वतन्त्रतासँगै अनुशासनमा ध्यान दिन पनि उनले आग्रह गरे । मिडियामा जथाभावी नबोल्न र हल्काफुल्का ढंगले प्रस्तुत नहुन निर्देशन दिँदै सभापति लामिछानेले भने, ‘हाम्रो विधानमा राईट टु रिकल छ भन्ने नभुल्नुहोला । त्यस्तो स्थिति आएमा संख्या घट्ला, दुई तिहाई नपुग्ला भनेर रोकिनेवाला छैन ।’

अर्को चुनावमा भोट माग्न जानु नपर्नेगरी काम गर्न आफ्ना सांसद्हरुलाई आग्रह गरे ।

सम्बन्धित समाचार

मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
मन्त्रिषरिषद् बैठक : धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समिति गठन, अन्य निर्णय के-के ?
  • २०८२ चैत्र ४, १५: ०४

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...

एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
एमालेले माग्यो गृहमन्त्रीको राजीनामा
  • २०८२ चैत्र ४, १५: ०४

काठमाडौं : नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । पार्टीका...

डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा
डा. शेखरको दोहोरो राजनीतिक पनका कारण कोइरालाहरुको लिगेसी संकटमा
  • २०८२ चैत्र ४, १५: ०४

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकै नजिक निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको दोधारे चरित्रका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्रको...