बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने – Naya Bikalpa
March 25, 2026, Wednesday      Epaper

बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन् । पार्टी शीर्ष नेताहरूबीच भएको आन्तरिक छलफलपछि उक्त मिति तय गरिएको हो ।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच भएको बैठकले सरकार गठन र शपथ कार्यक्रमको खाका टुंग्याएको बताइएको छ । उपसभापति वाग्लेले ‘राजकाज’ सम्बन्धी विषयमा चार नेताबीच विस्तृत छलफल भएको जानकारी दिएका छन् ।

यसअघि संघीय संसद सचिवालयले सांसदहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते दिउँसो २ बजेका लागि तय गरेको छ । सोही कार्यक्रमपछि नयाँ सरकार गठन प्रक्रियालाई अघि बढाउँदै भोलिपल्ट अर्थात् चैत १३ मा प्रधानमन्त्रीको शपथ गराउने योजना बनाइएको हो ।

रास्वपाले सोही दिन मन्त्रिपरिषद् गठन गर्दै मन्त्रीहरूको समेत शपथ गराउने तयारी गरेको बताइएको छ ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले उल्लेखनीय बहुमत प्राप्त गरेपछि सरकार गठनको मार्ग खुला भएको हो । निर्वाचनअघि नै पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो, र सोहीअनुसार अहिले सरकार गठनको तयारी अन्तिम चरणमा पुगेको छ ।

सम्बन्धित समाचार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो 
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो 
  • २०८२ चैत्र ६, ०७: ०७

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५...

राखेपद्वारा एन्फा निलम्बित
राखेपद्वारा एन्फा निलम्बित
  • २०८२ चैत्र ६, ०७: ०७

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । राखेपको कार्यकारी समितिको मिति...

पर्सी शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने
पर्सी शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने
  • २०८२ चैत्र ६, ०७: ०७

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।शुक्रबार मध्याह्न १२:३४...