निर्वाचनमा नखटिने व्यक्तिले चुनावी अवस्थाको यथार्थ मूल्यांकन गर्न सक्दैन : सभापति थापा – Naya Bikalpa
March 25, 2026, Wednesday      Epaper

निर्वाचनमा नखटिने व्यक्तिले चुनावी अवस्थाको यथार्थ मूल्यांकन गर्न सक्दैन : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निर्वाचनमा सक्रिय रूपमा नखटिने व्यक्तिले चुनावी अवस्थाको यथार्थ मूल्यांकन गर्न नसक्ने बताएका छन्।

मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले मत माग्न वा मतदान प्रक्रियामा सहभागी नहुनेहरूले अनुमानका आधारमा टिप्पणी गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। उनले यस्तो प्रवृत्तिले पार्टीभित्र अनावश्यक भ्रम सिर्जना गर्ने चेतावनी समेत दिए।

सभापति थापाले विशेष महाधिवेशनबारे उठेका प्रश्नप्रति संकेत गर्दै त्यस निर्णयप्रति आफू कुनै प्रकारको द्विविधामा नरहेको स्पष्ट पारे। “विशेष महाधिवेशन गरेर गल्ती गर्‍यौँ कि भन्ने सोचेर मैले निर्णय लिएको होइन,” उनले भने।

उनले निर्वाचनमा प्रत्यक्ष रूपमा खटिएका नेता–कार्यकर्ताको सुझावलाई आफूले प्राथमिकतामा राख्ने बताए। “जो साथीहरू मैदानमा खटिनुभयो, उहाँहरूको सुझाव मेरो लागि मार्गदर्शक हुन्छ,” उनले उल्लेख गरे।

राजीनामा प्रकरणबारे प्रष्ट पार्दै थापाले आफ्नो निर्णय जिम्मेवारीबोधबाट प्रेरित भएको बताए। उनले प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा पेश गरेको जानकारी दिए।

पार्टी विधानअनुसार सभापतिले दिएको राजीनामा उपसभापतिमार्फत केन्द्रीय समितिमा प्रस्तुत हुने व्यवस्था रहेको उल्लेख गर्दै उनले सो प्रक्रिया पूरा भइसकेको बताए।

थापाले आफूले हतार वा निराशामा राजीनामा नदिएको स्पष्ट पारे। “यो निर्णय न त हतारमा लिइएको हो, न त कुनै दबाबमा,” उनले भने, “जवाफदेहिता महसुस गरेर नै मैले राजीनामा दिएको हुँ।”

उनका अनुसार निर्वाचन लगत्तै राजीनामा दिने तयारी भए पनि केही प्राविधिक कारणले ढिलाइ भएको थियो। “निर्वाचनपछि बाँकी प्रक्रिया पूरा गरेर मात्रै मैले राजीनामा दिएको हुँ,” उनले बताए।

थापाले आफ्नो निर्णयसँगै उक्त विषय अब समाप्त भएको संकेत गर्दै आगामी दिनमा पार्टीलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो 
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो 
  • २०८२ चैत्र १०, १४: ११

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५...

राखेपद्वारा एन्फा निलम्बित
राखेपद्वारा एन्फा निलम्बित
  • २०८२ चैत्र १०, १४: ११

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । राखेपको कार्यकारी समितिको मिति...

पर्सी शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने
पर्सी शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिने
  • २०८२ चैत्र १०, १४: ११

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।शुक्रबार मध्याह्न १२:३४...