
काठमाडौं : ‘जेनजी मुभमेन्ट नेपाल’ले गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग गरेको छ।
जेनजी मुभमेन्ट, नेपालका प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गरी पदमै रहँदा गृहमन्त्री गुरुङविरुद्ध लागेका गम्भीर आरोपको निष्पक्ष छानबिन हुन नसक्ने बताएका हुन्।
‘गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूलाई लिएर हामी सरकारसँग कडा माग गर्दछौँ। उहाँलाई तत्काल बर्खास्त गरी पक्राउ गर्नुहोस्। निष्पक्ष अनुसन्धान अघि बढाउनुहोस्’, विज्ञप्तिमा भनिएको छ, ‘पदमै बसेर छानिबन गर्नु सम्भव छैन। यो स्पष्ट रूपमा कन्फ्लिक्ट अफ इन्टरेस्ट हो। जसले न्याय प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउँछ। मन्त्री पदको ओहोदामा रहेर आफ्नैविरुद्ध छानबिन हुन सक्दैन। यो आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत छ।’
गृहमन्त्री गुरुङविरुद्ध विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी रहेको आरोप लागेको छ।
जेनजी मुभमेन्टको वक्तव्यमा सरकारलाई मन्त्री नियुक्तिमा परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउन पनि आग्रह गर्दै हचुवाको भरमा मन्त्री नियुक्त गर्ने र हटाउने प्रवृत्ति अस्वीकार्य रहेको उल्लेख गरिएको छ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले आफ्नो नामसँग जोडिएर उठेका विभिन्न आरोपबारे स्पष्टिकरण दिँदै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्...
हेटौंडा : नेपाली कांग्रेसको बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा बैठक सुरु भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मुख्यमन्त्री...