कांग्रेसको बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा बैठक सुरु – Naya Bikalpa
April 20, 2026, Monday      Epaper

कांग्रेसको बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा बैठक सुरु

हेटौंडा : नेपाली कांग्रेसको बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा बैठक सुरु भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सभापतित्वमा हेटौंडामा बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा बैठक सुरु भएको हो ।

कांग्रेस सभापति गगनकुमार थापा प्रमुख अतिथि रहेको बैठकमा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे विशेष अतिथि रहेका छन् ।

बैठकमा सहमहामन्त्री बहादुर लामा, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु, प्रदेश कार्य पदाधिकारिहरु, बागमतीभित्रका जिल्ला सभापतिहरु, पूर्व सभापतिहरु, बागमतीभित्रका क्षेत्रीय सभापतिहरु, प्रदेशस्तरीय सभापतिहरु, बागमती प्रदेशभरिका ३३ निर्वाचनका उम्मेदवारहरुलगायत जरा अभियानका केन्द्रीय प्रतिनिधिहरको उल्लेखनीय उपस्थित रहेको छ ।

जिल्ला सभापतिहरुले निर्वाचन हार्नुको मुख्य कारण काङ्ग्रेसको क्रियाशिल सदस्य भएर अर्को पार्टीमा भोट हाल्नेहरुका कारण भएको बताए । जता भोट हालेको त्यतैतिर जान बाटो खुला गर्नका लागि पनि जरा अभियानलाई ससक्त बनउनुपर्ने उनीहरुले बताए ।

सम्बन्धित समाचार

रास्वपाको महामन्त्री बने भूपदेव शाह
रास्वपाको महामन्त्री बने भूपदेव शाह
  • २०८३ बैशाख ७, १३: ३६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने...

अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
  • २०८३ बैशाख ७, १३: ३६

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले आफ्नो नामसँग जोडिएर उठेका विभिन्न आरोपबारे स्पष्टिकरण दिँदै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्...

गृहमन्त्री गुरुङमाथि निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढाउन कांग्रेसको माग
गृहमन्त्री गुरुङमाथि निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया अघि बढाउन कांग्रेसको माग
  • २०८३ बैशाख ७, १३: ३६

काठमाडौं : नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तत्काल अघि बढाउन सरकारसमक्ष माग गरेको छ ।...