असार १ गतेदेखि कक्षा ११ को पढाइ सुरु हुने, मन्त्रालयको निर्णय – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

असार १ गतेदेखि कक्षा ११ को पढाइ सुरु हुने, मन्त्रालयको निर्णय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र प्रकाशित हुने तयारी भएपछि मन्त्रालयले कक्षा ११ को पढाइ समयमै सुरु गर्ने निर्णय गरेको हो । यस सम्बन्धमा आवश्यक सूचना प्रवाह गर्न तथा कार्यान्वयन सुनिश्चित गर्न मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सबै विद्यालय र स्थानीय तहलाई पत्राचार गर्ने भएको छ ।

यसअघि एसईईको नतिजा प्रकाशन मिति र कक्षा ११ को नयाँ शैक्षिक सत्र सुरु हुने विषयमा अन्योलता रहेको थियो । विद्यार्थी र अभिभावकको अन्योल हटाउँदै शैक्षिक सुशासन कायम गर्न तथा पठनपाठनलाई व्यवस्थित बनाउन मन्त्रालयले समयमै कक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्दा विद्यालय शिक्षाको गुणस्तर सुधार हुने, शैक्षिक गतिविधिमा नियमितता आउने तथा विद्यालय तहका सबै कक्षाको पठनपाठनमा एकरूपता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति २१८ जनाको आवेदन
आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति २१८ जनाको आवेदन
  • २०८३ जेष्ठ ७, १४: ४२

काठमाडौं । विभिन्न आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति २१८ जनाको आवेदन परेको छ । सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आवेदन गरेको...

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि, १ लाख ४६ हजार बढी विद्यार्थी सहभागी हुने
एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि, १ लाख ४६ हजार बढी विद्यार्थी सहभागी हुने
  • २०८३ जेष्ठ ७, १४: ४२

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन हुने भएको छ ।राष्ट्रिय परीक्षा...

एसइई नतिजा वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी
एसइई नतिजा वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी
  • २०८३ जेष्ठ ७, १४: ४२

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । गत...