
काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी क्षेत्रमा घुम्न गएका एक युवतीसहित चार जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
शनिबार दिउँसो फुल्चोकी क्षेत्रमा दुई विद्यार्थी हराएको जानकारी काठमाडौं उपत्यका प्रहरी कार्यालयमार्फत प्राप्त भएपछि जिल्ला प्रहरी परिसर ललितपुरको टोली तत्काल खोजी तथा उद्धारकार्यमा खटिएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बागबजारस्थित एसएस एकेडेमीका शिक्षक तथा विद्यार्थीसहित १४८ जनाको टोली फुल्चोकी भ्रमणमा गएको थियो ।
सोही क्रममा दुई विद्यार्थी समूहबाट छुट्टिएका थिए । त्यस्तै, अर्को छुट्टै चार सदस्यीय समूहका दुई जना पनि फुल्चोकी झरना क्षेत्रमा अलपत्र परेका थिए ।
प्रहरीले खोजी गर्ने क्रममा फुल्चोकी झरना क्षेत्रमा अलमलिएका चारै जनालाई फेला पारी सकुशल उद्धार गरेको थियो । उद्धार गरिएका उनीहरूलाई आजै साँझ आफन्तको जिम्मा लगाइएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल भारतको आफ्नो तीन दिनको औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री खनालसहितको...
काठमाडौं : ऐतिहासिक, पौराणिक, प्राचीन कालदेखि देवीदेवता तथा नारदादि ऋषिहरुले आराधना गरिएको बखूँ विष्णुदेवी चामुण्डाचल पीठ, पवित्र धाम सातगाउँले यात्राको...
काठमाडौं : नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य...