म फेरि गृहमन्त्री भएँ भने फोटो खिच्न मन्त्रालय नआउनुहोला : सुधन गुरुङ – Naya Bikalpa
June 7, 2026, Sunday      Epaper

म फेरि गृहमन्त्री भएँ भने फोटो खिच्न मन्त्रालय नआउनुहोला : सुधन गुरुङ

काठमाडौं : पूर्वगृहमन्त्री सुधन गुरुङले आफूबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी रहेको बताएका छन् ।

आइतबार गृहजिल्ला गोरखामा पुगेका गुरुङले आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि छानबिनका लागि सहजीकरण गर्न आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताए ।

गुरुङले सफाइ पाएर फेरि गृहमन्त्री बनेमा पहिलो दुई महिना बधाई दिन र तस्बिर खिच्न नआउन पार्टी पंक्तिलाई आग्रह गरेका छन् । उनले भने, ‘यदि म पुनः गृहमन्त्री बनेँ भन तस्बिर खिच्न र मन्त्रालयमा बधाई दिन नआउनुहोला ।’

उनीमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छानबिन प्रतिवेदन पेस गरिसकेको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा समितिले छानबिन गरेको हो ।

सम्बन्धित समाचार

भारत भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल
भारत भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल
  • २०८३ जेष्ठ २४, १४: ५२

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल भारतको आफ्नो तीन दिनको औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री खनालसहितको...

ऐतिहासिक विष्णुदेवी मन्दिरमा पुरुषोत्तमास महापुराण– भक्तालुहरुको भीडभाड बढ्दो
ऐतिहासिक विष्णुदेवी मन्दिरमा पुरुषोत्तमास महापुराण– भक्तालुहरुको भीडभाड बढ्दो
  • २०८३ जेष्ठ २४, १४: ५२

काठमाडौं : ऐतिहासिक, पौराणिक, प्राचीन कालदेखि देवीदेवता तथा नारदादि ऋषिहरुले आराधना गरिएको बखूँ विष्णुदेवी चामुण्डाचल पीठ, पवित्र धाम सातगाउँले यात्राको...

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’
‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’
  • २०८३ जेष्ठ २४, १४: ५२

काठमाडौं : नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य...