ईश्वरी हत्या प्रकरण : ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ, अनुसन्धान गर्न ५ दिन म्याद थप – Naya Bikalpa
June 7, 2026, Sunday      Epaper

ईश्वरी हत्या प्रकरण : ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ, अनुसन्धान गर्न ५ दिन म्याद थप

काठमाडौँ : ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु घटनासँग सम्बन्धित आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार अदालतबाट पाँच दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये भुजेलका श्रीमान् कुमार थापा पनि छन्। उनीसँगै अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानका आधारमा काठमाडौँको तारकेश्वर नगरपालिका-६, लोलाङ पैँयुटार क्षेत्रमा भएको घरायसी विवादका क्रममा भुजेलमाथि धारिलो हतियार तथा फलामको रड प्रयोग भएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक भुजेल नेपाली सेनामा कार्यरत रहेको र घटनासम्बन्धी दर्ता भएको जाहेरीका आधारमा अन्य तीन जनालाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

यस प्रकरणमा पक्राउ परेका अन्य व्यक्तिहरूमा नुवाकोट तारकेश्वर-४ का विक्रम थापा मगर, काठमाडौँ बालाजुमा बसोबास गर्ने पुजन थापा क्षेत्री तथा जुम्ला स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर क्षेत्रमा बस्दै आएकी प्रतीक्षा आचार्य रहेका छन् ।

प्रहरीका अनुसार शुक्रबार राति भएको घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

घटनाको वास्तविक कारण र संलग्नताको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

सम्बन्धित समाचार

भारत भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल
भारत भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल
  • २०८३ जेष्ठ २४, १८: १४

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल भारतको आफ्नो तीन दिनको औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री खनालसहितको...

ऐतिहासिक विष्णुदेवी मन्दिरमा पुरुषोत्तमास महापुराण– भक्तालुहरुको भीडभाड बढ्दो
ऐतिहासिक विष्णुदेवी मन्दिरमा पुरुषोत्तमास महापुराण– भक्तालुहरुको भीडभाड बढ्दो
  • २०८३ जेष्ठ २४, १८: १४

काठमाडौं : ऐतिहासिक, पौराणिक, प्राचीन कालदेखि देवीदेवता तथा नारदादि ऋषिहरुले आराधना गरिएको बखूँ विष्णुदेवी चामुण्डाचल पीठ, पवित्र धाम सातगाउँले यात्राको...

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’
‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’
  • २०८३ जेष्ठ २४, १८: १४

काठमाडौं : नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य...