‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ – Naya Bikalpa
June 7, 2026, Sunday      Epaper

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

काठमाडौं : नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ ।

आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताइन् । उनले भनिन्, “यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन ।”

यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्यवृद्धि लगायतले जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत २२ को मन्त्रिपरिषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिएर कार्यालय समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

भारत भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल
भारत भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल
  • २०८३ जेष्ठ २४, १८: १९

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल भारतको आफ्नो तीन दिनको औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री खनालसहितको...

ऐतिहासिक विष्णुदेवी मन्दिरमा पुरुषोत्तमास महापुराण– भक्तालुहरुको भीडभाड बढ्दो
ऐतिहासिक विष्णुदेवी मन्दिरमा पुरुषोत्तमास महापुराण– भक्तालुहरुको भीडभाड बढ्दो
  • २०८३ जेष्ठ २४, १८: १९

काठमाडौं : ऐतिहासिक, पौराणिक, प्राचीन कालदेखि देवीदेवता तथा नारदादि ऋषिहरुले आराधना गरिएको बखूँ विष्णुदेवी चामुण्डाचल पीठ, पवित्र धाम सातगाउँले यात्राको...

ईश्वरी हत्या प्रकरण : ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ, अनुसन्धान गर्न ५ दिन म्याद थप
ईश्वरी हत्या प्रकरण : ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ, अनुसन्धान गर्न ५ दिन म्याद थप
  • २०८३ जेष्ठ २४, १८: १९

काठमाडौँ : ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु घटनासँग सम्बन्धित आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला...