ऐतिहासिक विष्णुदेवी मन्दिरमा पुरुषोत्तमास महापुराण– भक्तालुहरुको भीडभाड बढ्दो – Naya Bikalpa
June 7, 2026, Sunday      Epaper
‘राम्रो विष्णुदेवी हाम्रो विष्णुदेवी’

ऐतिहासिक विष्णुदेवी मन्दिरमा पुरुषोत्तमास महापुराण– भक्तालुहरुको भीडभाड बढ्दो

काठमाडौं : ऐतिहासिक, पौराणिक, प्राचीन कालदेखि देवीदेवता तथा नारदादि ऋषिहरुले आराधना गरिएको बखूँ विष्णुदेवी चामुण्डाचल पीठ, पवित्र धाम सातगाउँले यात्राको केन्द्र, इच्छावृषेश्वर, गोलोकेश्वर सरस्वती, राधाकृष्ण, उमा–महेश्वर, सीताराम, कालीमाता, अष्टमातृका गणेश, पाञ्चायन देवता, बासुकी, बूढानीलकण्ठ, चार नारायण, गोसाइकुण्ड, ऋषेश्वर सप्तर्षि, बाग्द्वार, बँगलामुख, विश्वकर्मा, बालकुमारी शाक्यमुनि बद्ध, दुर्गाभवानी, हनुमतेश्वर, सन्तोषी माता, साई मन्दिर लगायतका स्थापित प्राणप्रतिष्ठित देवदेवीहरुको पूजा आराधनाले परमपावन बनेको विष्णुदेवी क्षेत्र प्राचीनकालदेखि आराधित पुण्यक्षेत्र रहेको ऐतिहासिक तथ्यहरुले देखाउछ ।

इन्द्रनदी र इक्षुमतीको प्रस्रवण क्षेत्र त्रिवणी धाम भएको हुँदा देवदेवीहरुकी माता तथा प्राचीन सात गाउँकी शक्तिस्वरुपा देवीको निवासस्थल यस विष्णुदेवी क्षेत्रमा चन्द्रागिरि नगरपालिकाको समन्वय र विष्णुदेवी क्षेत्र संरक्षण तथा सधार समाजद्वारा पुरुषोत्तममासलाई साधनामय बनाइ सनातन धर्म र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले मिति २०८३ जेष्ठ ३ गतेदेखि आषाढ १ गतेसम्म महिनाव्यापी रुपमा आयोजित संगीतमय श्री पुरुषोत्तममास माहात्म्य कथा–२०८३ मा प्रखर युवा कथा वाचन पण्डित सुदीप लोकनाथचार्यबाट भइरहेको अमृतमय र भक्तिमय कथा प्रवचनमा भक्तालुहरुको भीडभाड बढ्दो छ । विष्णुदेवी क्षेत्रको संरक्षणका लागि आयोजना गरिएको पुरुषोत्तममास माहात्म्य महापुराणा सञ्चालन गरिरहँदा उक्त कार्यक्रममा आर्थिक सहयोग स्वरुप २४ गतेसम्म रु ७ लाख संकलन भइसकेको विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधार समाजका अध्यक्ष गौरीप्रसाद दवाडीले बताए ।

विष्णुदेवी क्षेत्रमा चौसठ्ठी सिद्ध ज्योतिलिंङ्ग मध्ये ४९ औं जोतिर्लिङ्ग महादेवले यस क्षेत्रको महत्व झनै बढाएको भक्तालुहरु बताउँछन्। मलमासको समय भएको हुँदा मत्स्यनारायणको एक महिने मेलामा आएका तीर्थालु भक्तजनहरुले यस स्थानमा दर्शन र विश्राम गर्ने ऐतिहासिक परम्परा रहेको पनि अध्यक्ष दवाडीले जानकारी दिए ।
यस क्षेत्रको समग्र विकास निर्माण, धार्मिक र आध्यात्मिक अनुष्ठान गर्ने लक्ष्यका साथ गठन भएको समितिले नित्ययोग कक्षा सञ्चालन, भजन कीर्तन प्रशिक्षण, ज्येष्ठ नागरिक सेवा, मृत संस्कार घाट व्यवस्थापन, क्रियापुत्री बस्ने भवन व्यवस्थापन, नित्य कर्मका लागि बाह्मणको व्यवस्था, मार्सल आर्टको प्रशिक्षणहरु गर्दै आइरहेको छ । यहाँको विशेष महत्व रहेको शिवगंगा आरतीले प्रत्येक सोमबार भक्तालुहरुले शिव आरती गर्ने चलन रहँदै आएको छ । यहाँ खानेपानीको प्रवन्ध, नदी किनारामा घाट निर्माण, नदीमा तटबन्ध निर्माण, आधुनिक पार्क र फल्चा निर्माण, मन्दिरको नेपाली मौलिक शैलीमा पुनर्निर्माण कार्यहरुले उक्त क्षेत्र ऐतिहासिक धार्मिक स्थलमा परिणत हुँदै गएको छ । स्वच्छ, सफा, रमणीय र पर्यटकीय विष्णुदेवी निर्माणको लक्ष्य लिएर उक्त क्षेत्रको संरक्षण भइरहेको छ ।

संस्थाले देवालयको महत्व र आकर्षण बढाउन २५० किलोको ठूलो घण्ट र ठूलो त्रिशुल राख्ने तयारी गरेको अध्यक्ष गौरीप्रसाद दवाडीले विकल्पलाई बताए । समय सन्दर्भअनुसार विष्णुदेवी क्षेत्रमा बडा दशैंमा देवी भागवत, तिहारमा लक्ष्मी पुजा, बालाचतुदर्शीमा सदमी छर्ने, महिलाहरुको हरितालिका तीज, ऋषि पञ्चमी मेला, सातगाउँले जात्रा तथा छठपर्व जस्ता कार्यहरु सञ्चालन गर्दै आइरहेकोले उक्त क्षेत्रको महत्व दिनप्रति दिन बढ्दै गएको देखिन्छ ।

विष्णुदेवी क्षेत्र संरक्षण तथा सुधारका लागि नगरपालिकाको बजेटबाट गौरव योजना अन्तर्गत फल्चा, पाटी, अपांगमैत्री देखि महिला मैत्री शौचालय निर्माण, महिलामैत्री पार्क, स्थानीय ढुंगाबाट बनाइएको आकर्षक सिंडी निर्माण लगायत निर्माण कार्य भइरहेको छ भने बागमति प्रदेश सरकारबाट तटबन्धन निर्माण, चिहान सुधार लगायतका कार्यहरु निर्माण गर्नका लागि हालसम्म नगरपालिका र बागमति सरकारबाट ५० करोड रकम विनीयोजित भइसकेको बताइएको छ ।

सम्बन्धित समाचार

भारत भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल
भारत भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल
  • २०८३ जेष्ठ २४, १९: ५८

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल भारतको आफ्नो तीन दिनको औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री खनालसहितको...

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’
‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’
  • २०८३ जेष्ठ २४, १९: ५८

काठमाडौं : नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य...

ईश्वरी हत्या प्रकरण : ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ, अनुसन्धान गर्न ५ दिन म्याद थप
ईश्वरी हत्या प्रकरण : ‘नेपाली ब्रो’ सहित ४ जना पक्राउ, अनुसन्धान गर्न ५ दिन म्याद थप
  • २०८३ जेष्ठ २४, १९: ५८

काठमाडौँ : ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु घटनासँग सम्बन्धित आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला...