
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएसँगै मतगणना प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको मतदान विवरण र उम्मेदवारहरूले प्राप्त गरेको मत सङ्ख्याबीच अन्तर देखिएको भन्दै असन्तुष्ट पक्षले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।
सभापति पदका उम्मेदवार प्रकाशकुमार बुढाका अनुसार निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिनको माग गर्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो। उनले निर्वाचन समितिले कुल २४० मत खसेको जानकारी दिएको भए पनि सभापति पदका उम्मेदवारहरूले प्राप्त गरेको मत जोड्दा २४६ पुग्ने देखिएको दाबी गरेका छन् ।
जिल्ला सभापति चयनका लागि चार जना आकांक्षी प्रतिस्पर्धामा रहेका थिए। सर्वसम्मतिबाट नेतृत्व चयन हुन नसकेपछि आइतबार मध्यरातमा मतदान प्रक्रिया सञ्चालन गरिएको थियो ।
मत परिणामसँग सम्बन्धित विषयमा स्पष्टता कायम गर्न निष्पक्ष अनुसन्धान आवश्यक रहेको असन्तुष्ट पक्षको माग छ । यस विषयमा निर्वाचन समितिको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।
काठमाडौं : उच्च अदालत पाटनमा व्यवसायी दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले...
काठमाडौँ : प्रतिनिधि सभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत...
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल...