
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान अन्तर्गत हालसम्म ५ लाख ८२ हजारभन्दा बढी सदस्य अद्यावधिक प्रक्रियामा सहभागी भएका छन्। पार्टीले सदस्यता अद्यावधिकका लागि दिएको समयसीमा अब एक दिन मात्र बाँकी रहेको जनाएको छ।
कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले जारी गरेको अपिलअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्धारित समय २०८३ जेठ २८ गते राति १२ बजेसम्म रहेको छ।
पार्टीका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये हालसम्म ४ लाख ५७ हजार ३६६ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन्। यस्तै, १ लाख २४ हजार ७४८ जनाले स्वयं अद्यावधिक फारम पेस गरी सदस्यता नवीकरण प्रक्रियामा सहभागी भएका छन्।
यी दुवै संख्या जोड्दा हालसम्म ५ लाख ८२ हजार ११४ सदस्य अद्यावधिक प्रक्रियामा समेटिएको देखिन्छ।
महामन्त्री पौडेलले निर्धारित समयभित्र सदस्यता अद्यावधिक गर्न छुटेका सबै क्रियाशील सदस्यलाई तत्काल प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्। उनले समयसीमा समाप्त भएपछि थप अवसर नदिइन सक्ने संकेत गर्दै सदस्यता नवीकरणलाई प्राथमिकताका साथ सम्पन्न गर्न अपिल गरेका हुन्।
कांग्रेसले आगामी संगठनात्मक गतिविधि तथा महाधिवेशनको तयारीलाई लक्षित गर्दै देशभर क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिरहेको छ। पार्टीले सदस्यताको अभिलेखलाई व्यवस्थित, पारदर्शी र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यका साथ एनसीआईडी प्रणाली लागू गरेको जनाएको छ।
समयसीमा सकिन अब केही घण्टा मात्र बाँकी रहेकाले सदस्यता अद्यावधिक गर्न बाँकी रहेका सदस्यहरूलाई तोकिएको प्रक्रियाअनुसार आवश्यक विवरण बुझाई सदस्यता नवीकरण गर्न कांग्रेस नेतृत्वले पुनः आग्रह गरेको छ।

काठमाडौं : उच्च अदालत पाटनमा व्यवसायी दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले...
काठमाडौँ : प्रतिनिधि सभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत...
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल...