सानेपाको लोकतान्त्रिक पवित्र मन्दिरमा विनासर्त आउन कांग्रेस महामन्त्री पौडेलको चुनदेवी कांग्रेसलाई आह्वान – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

सानेपाको लोकतान्त्रिक पवित्र मन्दिरमा विनासर्त आउन कांग्रेस महामन्त्री पौडेलको चुनदेवी कांग्रेसलाई आह्वान


काठमाडौं : नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो आम नेपाली जनताको भरोसा, अधिकारको संवाहक र मुलुकको समृद्धिको सपना बोकेको एउटा लोकतान्त्रिक अभियान हो । हाम्रा अग्रजहरूको त्याग, बलिदान र बीपी कोइरालाको विचारको जगमा उभिएको यस पार्टीले इतिहासका हरेक कठिन मोडमा मुलुकलाई सही दिशा दिएको छ। नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका ऐतिहासिक उपलब्धिहरू हाम्रा गौरव हुन् । तर, आज म ति गौरव गाथा गाउन गइरहेको छैन ।

आज मुलुक फेरि एउटा विशिष्ट र चुनौतीपूर्ण मोडमा उभिएको छ। गत भदौ २३ र २४ गतेका घटनाक्रम र त्यसपश्चात् सिर्जनाभएका परिस्थितिले देश कठिन मोडमा उभिएको छ । मुलुकमा रहेका विकृती र विसंगतीका विरुद्धमा युवाहरूले आफ्ना भावना शान्तिपूर्ण रूपमा व्यक्त गर्न खोज्दाखोज्दै पनि विभिन्न परिस्थिति र चलखेलका कारण त्यसले भयानक र अप्रत्याशित रूप लियो जसको परिणाम र गम्भीरता आज हामी सबैको सामु छर्लङ्ग छ । तत्पश्चात आम निर्वाचन सम्पन्न भयो र देशमा प्रचण्ड बहुमतको सरकार छ । हामी सबै यो सरकारले पाएको जनमत खेर नजाओस र जनअपेक्षा अनुसार मुलुक ठिक बाटोमा हिडोस भन्ने कामना गर्दछौ । तर सत्तामा रहेकाहरूको कतिपय गतिविधि र पछिल्लो समय मुलुकमा घटिरहेका घटनाहरूले गम्भीर चासो र चिन्ता पैदा गरेका छन् । यस्तो संगिन समयमा नेपाली कांग्रेस आफैं सजग र सुदृढ नहुने हो भने मुलुक ठुलो राजनीतिक विग्रहको भुमरीमा फस्ने जोखिम देखिन्छ प्राप्ति हाम्रा अग्रजहरूको मुख्य ध्येय कहिल्यै थिएन, उहाँहरूको बलिदान व्यक्तिगत सुखका लागि पनि थिएन । जुन उद्देश्य र आदर्शका लागि यो पार्टी स्थापना भएको थियो, आज ती आधारभूत मुल्यमान्यता नै संकटमा परेका छन्। यस्तो बेला हामी विभिन्न बहानामा विभाजित हुनु भनेको लोकतन्त्र र देशलाई नै कमजोर बनाउनु हो । समयमै गल्ती सच्याएनौ भने इतिहासले हामीलाइ क्षमा दिने छैन ।

हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन। मलाइ लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरुपण गर्ने ,विषय होइन र हुनुहुँदैन । राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ । म सबै असन्तुष्ट श्रद्धेय नेता जुझारु कार्यकर्ता र आत्मीय शुभेच्छुक साथीहरूलाई नम्रताका साथ अनुरोध गर्न चाहन्छु की आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस् । यो तपाईं हामीले निर्माण गरेको लोकतन्त्रको पवित्र मन्दिर हो।

सानेपामा बसेर मनैदेखि संवाद गरौं। विगतका कमजोरीहरूमा हामी सबैको सामूहिक जिम्मेवारी छ, त्यसलाई पनि आत्मसात् गर्दै अघि बढौँ। आगामी १५औं महाधिवेशनलाई तोकिएकै समयमा सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिने नेतृत्वलाई स्वीकार गरौं र लोकतन्त्रलाई थप सुदृढ बनाउने बाटोमा एकजुट भएर लागौं ।

हामी झगडिया वा रमिते भएर बस्दा देशले सही नेतृत्व पाउँदैन। अहिलेको सरकारलाइ खबरदारी पुगेन भने यसले देशलाइ फर्कनै नसक्ने अनिश्चयको दिशामा लैजाने छ । अरूलाई सही बाटो देखाउने जिम्मेवारी बोकेको यो ऐतिहासिक पार्टीलाई थप सशक्त बनाउन हामी सबैको एकता र सक्रियता अपरिहार्य छ । त्यसैले सबै मतभेदलाई थाँती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन र नेपाल तथा नेपाली जनताको सुन्दर भविष्यका लागि सँगै हिड्न विनाशर्त सानेपा आउन हार्दिक अपिल गरेका छन ।

सम्बन्धित समाचार

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने
  • २०८३ भाद्र ६, ०९: ५०

काठमाडौं : प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले आफ्नो एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन्...

बाढी स्याफ्रुबेसी आइपुग्यो
बाढी स्याफ्रुबेसी आइपुग्यो
  • २०८३ भाद्र ६, ०९: ५०

काठमाडौं : चीनतर्फको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ठूलो ताल फुटेपछि उत्पन्न बाढी रसुवाको स्याफ्रुबेसीसम्म आइपुगेको...

बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
  • २०८३ भाद्र ६, ०९: ५०

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भिडियो सन्देशमार्फत रसुवामा आएको बाढीले सिर्जित विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै अहिलेको पहिलो...