सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंक ऐनमा मात्र राख्दा कानुनी विरोधाभास उत्पन्न हुने भएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मै स्पष्ट व्यवस्था गर्नुपर्ने बताएका छन् ।

अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सम्बन्धित विषय सम्बन्धित ऐनमै सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

उनले बाफियाको सम्बन्धित व्यवस्थामा संशोधन गर्न अर्थ मन्त्रालयले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रस्ताव पठाइसकेको जानकारी दिए । केही नेपाल ऐन संशोधन गर्ने विधेयकमार्फत बाफियाको दफा १८(१)(ड) मा आवश्यक संशोधन गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) को दफा १८ मा सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्था छ। दफा १८ को उपदफा (१) को खण्ड (ड) मा ‘बैंक वा वित्तीय संस्थाको सञ्चालक हुन प्रचलित कानूनबमोजिम नियमनकारी निकायले कानूनविपरीत कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको पाँच वर्ष अवधि व्यतीत नभएको’ व्यक्ति सञ्चालक हुन अयोग्य हुने व्यवस्था गरिएको छ ।

“राष्ट्र बैंक ऐनले लेखे पनि बाफियाले यसलाई सम्बोधन गरेन भने यो निष्प्रभावी हुन्छ । त्यसैले बाफियामै लेखेर जानुपर्नेछ,” अर्थमन्त्री वाग्लेले भने ।

राष्ट्र बैंक ऐनमा मात्र संशोधन गर्दा पुनः बाफियासँग मिलाउनुपर्ने अवस्था आउने भएकाले सरकारले सम्बन्धित ऐनमै संशोधनको प्रक्रिया अघि बढाएको अर्थमन्त्रीले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने
  • २०८३ भाद्र ८, १५: २१

काठमाडौं : प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले आफ्नो एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन्...

बाढी स्याफ्रुबेसी आइपुग्यो
बाढी स्याफ्रुबेसी आइपुग्यो
  • २०८३ भाद्र ८, १५: २१

काठमाडौं : चीनतर्फको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ठूलो ताल फुटेपछि उत्पन्न बाढी रसुवाको स्याफ्रुबेसीसम्म आइपुगेको...

बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
  • २०८३ भाद्र ८, १५: २१

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भिडियो सन्देशमार्फत रसुवामा आएको बाढीले सिर्जित विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै अहिलेको पहिलो...