

नयाँ विकल्प
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पार्टी विधानको भावना विपरित महाधिवेशनको कार्यतालिका सार्वजनिकपछि विभाग गठन गर्ने र त्यसको विरोधमा कडा कदम चाल्ने असन्तुष्ट रामचन्द्र पौडेलको समूहको योजनाले पार्टी विग्रहको बाटोमा जान लागेको छ ।
सभापति देउवाको कदमप्रति असहमति र विरोध जनाउँदै आएको कृष्णप्रसाद सिटौला र उनको समूहका नेताले पार्टी सभापति देउवा र उनको समूहको फरक धारणा राख्ने नेतालाई किनारामा पुर्याउने र असन्तष्ट नेता पौडेल समूहको इन्कारी कार्यशैलीले पार्टी विग्रहको बाटो तानिएको निष्कर्ष निकालेको हो ।
नेता सिटौलाको निवास चण्डोलमा शनिबार बसेको बैठकले सभापति देउवाको पार्टीभित्र एकलौटी गर्ने मनसायका साथ अघि बढ्ने शैली र त्यसलाई कुनै हालतमा स्वीकार नगर्ने पौडेल समूहको रणनीतिका कारण पार्टी विग्रहको मार्गमा तानिएकोमा चिन्ता व्यक्त गरेको हो ।
नेता रामचन्द्र पौडेल र उनको समूहले एक साता अघि बोलाएको बैठकमा सिटौला समूहका युवा नेता गगनकुमार थापा, उमाकान्त चौधरी र प्रदीप पौडेलको सहभागिता थियो । सो भेलामा तीनै नेताले देउवाको कदम सच्याउनु पर्ने पक्षमा मत राखेका थिए ।
नेता सिटौला गृह जिल्ला झापामा रहेकाले थापा, चौधरी, पौडेल र शिवप्रसाद हुमागार्इँसहित बोलाएर सिटौलाले शनिबार आफ्नै निवासमा विहान ११ देखि दिउँसो २ बजेसम्म छलफल चलाएका थिए ।
छलफलको निष्कर्ष थियो – सभपाति देउवाको कदम पार्टी हित विपरित र विधान विपरित छ । पौडेल समूहको छलफलमा उठाइएको विषयबस्तु र एजेण्डाप्रति सिटौला समूहले पूर्ण समर्थन जनाएको थियो ।
सिटौला समुहका तीन युवा नेताले समर्थन गरेको एजेण्डालाई पौडेल समूले लिखितम नै गरे । उनीहरुले समर्थन जनाएको एजेण्डालाई लिखत रुप तयार गरी सभापति देउवालाई ध्यानकर्षण पत्र बुझाउने निर्णय गरे । तर, सिटौला समूहले हस्ताक्षर भने गर्न मानेन ।
देउवका विधान विपरितका क्रियाकलापलाई रोक्न भनी तयार पारिएको ध्यानकर्षण पत्रमा पत्रकार सम्मेलनदेखि भेला, छलफल, बिरोध र अनसनसम्मका कार्यक्रम तय भएका थिए ।
यसरी सभापति देउवाविरुद्ध वार कि पारको द्वन्द्व गर्दा सल्लाह भन्दा हल्ला बढी भएको सिटौला समूहको बुझाई छ । उनीहरुले पार्टीलाई ‘वार कि पार’ मा लैजाने दुवै पक्षको रणनीतिले पार्टीलाई विग्रहमा लैजाने त होइन भन्ने चिन्ता व्यक्त गरेका छन् ।
आफ्ना एजेण्डा अर्का नेता पौडेलसँग मिल्यो भन्दै पौडेल समूहसँग मिसिएर हस्ताक्षर गर्नु उचित नहुने सिटौला समूहको बुझाइ छ । सिटौला निकट एक नेताले भने ‘सभापतिका कदम सच्याउने विषयमा ध्यानाकर्षण गराउने फोरम केन्द्रीय कार्यसमिति पनि छ ।’
हस्ताक्षर अभियान चलाउँदैमा सभापति देउवाले आफ्नो कदम सच्याउलान भन्ने विश्वास सिटौला समूहलाई छैन । त्यसैले उनीहरुले प्रतिनिधिमूलक ढंगले नेता पौडेल, सिटौला र पदाधिकारीले हस्ताक्षर गरेर सभापतिलाई बुझाएको भए पनि हुने थियो ।
उता सिटौला समूहले हस्ताक्षर अभियानमा साथ नदिएको भन्दै पौडेल समूह असन्तुष्ट बनेको छ । उनीहरुले सिटौला समूहले देउवाको कदमको विरोध गरे पनि हस्ताक्षर नगरी घुमाउरो पारामा देउवालाई नै समर्थन गरेको आरोप लगाएका छन् ।
तर सिटौला समूहका नेताको बुझाई अलिक फरक छ । पौडेल समूहले २७ जनाको नाम लेखेर हस्ताक्षर गरेपछि आफुनो समूहको चार वा पाँच जनाले हस्ताक्षर गर्दैमा केन्द्रीय कार्यसमितिमा बहुमत हुँदैन । ३२ वा ३३ जनाको हस्क्षार गर्नु भन्दा प्रतिनिधिमूलक ढंगले ७ वा ८ जनाले हस्ताक्षर गरे उत्तम हुने सो समूहको बुझाइ छ ।
यता सिटौला समूहले दुवै नेता देउवा र पौडेलबीचको असमान्जस्यता र असन्तुष्टिलाई कम गर्न र सहमतिमा सबै समस्याको समाधान गर्न दुवै नेतासँग भेट गरी सहमतिको प्रयाग गर्ने जिम्मेवारी सिटौलालाई दिएका थिए ।
आफ्नो समूहको सल्लाह बमोजि सिटौलाले आइतबार नेता रामचन्द्र पौडेलसँग भेट गरेका थिए । सिटौलाले आज सोमबार वा मंगलबारसम्म भेट गर्ने भएका छन् । दुवै नेतासँग सिटौलाको भेट पछि सो समूहले आफ्नो धारणा स्पस्ट पार्ने भएको छ ।
पौडेल समूहले आगामी फागुन ७ देखि १० गतेसम्म हुने भनिएको १४ औं महाधिवेशनको मिति कुनै हालतमा सार्न नहुने र कार्यतालिकाले असम्भव भए पुरानै महाधिवेशन प्रतिनिधिलाई सहभागी बनाएर महाधिवेशन गर्ने प्रस्तावप्रति सिटौला समूहको गम्भीर असहमति रहेको थियो ।
सिटौला समुहका नेताहरुले पुरानै महाधिवेशन प्रतिनिधिलाई समावेश गरेर महाधिवेशन गर्ने प्रस्ताव अस्वीकार गरिसकेको छ भने सर्वसम्मतको नाममा पुरानै नेतालाई नेतृत्वमा ल्याउने योजनाको पनि विरोध जनाउँदै आएको छ ।
सिटौलाले विगत एक महिनाअघि देखि नै स्थानीय तहको समायोजन प्रक्रिया नै सम्पन्न नभइ फागुनमा महाधिवेशन हुन नसक्ने नेताहरुसँग धारणा राख्दै आएका थिए । पौडेलसँगकै बैठकमा सिटौलाले फागुनमा महाधिवेशन भएमा पौडेललाई फूलको माला लगाइ दिने घोषणा गरेका थिए ।
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...
काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...