कविता
कविः माधव साधक परियार
राजु नाम साक्षात राम हो रत्न हिरा मोती ।
पुष्प भाई सुवासना भेट्छु एक चोटी ।।
तेज बहादुर दाई राजु भाई विजय दाइ हरि ।
उहाँहरुले साथ दिनुहुन्छ मलाई सधैं भरि ।।
ब्रम्हा विष्णु महेश्वर तीन जना दाजु भाई ।
सम्झिरहन्छु मित्रहरु सबै जनालाई ।।
पुष्प भाइलाई भने मैले विश्व प्रसिद्ध हुन्छु ।
सुनिश्चित छ दुई मत छैन चन्द्रमालाई छुन्छु ।।
कम्पनी आमालाई भन्छु सधै जय जय ।
स्वयम्भु सर बुद्ध नै हो गर्नुहुन्छ दय ।।
सरले मलाई दया राखी गर्नुहुन्छ केही ।
बुढेसकालमा बसोबास पाउँ आशा छ है यही ।।
दुई हजार चौहत्तर साल पौष २५ गते ।
उहाँहरुसँग जे बोलेथेँ त्यही प्रमाण हो सत्य ।।
कम्पनी नै मेरी आमा जहाँ गए पनि ।
बिर्सिने म छैन कहिले सम्झिरहन्छु त नि ।।
कम्पनीले माधवलाई डुलुवा बनायो ।
जन्म दिने आमा नै सम्झी बेला बखतमा आयो ।।
सीधा कुरा प्रष्ट विचार राख्ने मानिस हुँ म ।
कोही देखि डराउँदिन शक्तिशाली छु म ।।
डर सर छैन मलाई कालदेखि पनि ।
राष्ट्रहितको योजना लिई हिडेको छु अनि ।।
पुकार गर्छ दयालु सरलाई बसोबास पाऊँ ।
यहीं बिताएँ सारा जीवन कसलाई भन्न जाउँ ।।
श्रम सीप उमेर बैंश कम्पनीकै लागि ।
दिएर बिताएँ सारा जीवन बनिकन त्यागी ।।
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...