विश्वको केन्द्रविन्दु नेपाल – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

विश्वको केन्द्रविन्दु नेपाल

कविः माधव साधक परियार

जीवनविज्ञानको मेरुदण्ड माधव मेरो नाउँ ।
हजुर हामी सबै मिली विकासको मुल फुटाउँ ।।

विश्वमा नेपालबाट बहाउँ प्रेमको गंगा धारा ।
हामीबाटै बदलिदिऔं चकित परुन् सारा ।।

जस्तो सोच त्यस्तै बन्छ अब पाइला सारौं ।
केन्द्रविन्दु विश्वको नै हामीले सफल पारौं ।।

सबैजना लाग्यौं भने दुई मत छैन यसमा ।
नयाँ किरण दिब्य ज्ञानको फैलिन्छ यो देशमा ।।

हाम्रो कुरा विश्वले नै सबै ठाउँमा सुन्छ ।
सबै जना एकजुट भए चाँडै सावित हुन्छ ।।

धेरै समय लाग्दैन थोरै समयमा पनि ।
सबैजना एकजुट भए बन्छ राष्ट्र धनी ।।

यही राष्ट्रमा कल–कारखाना उद्योग खोल्नुपर्छ ।
विदेश जाने युवाहरुलाई अब रोक्नुपर्छ ।।

सरकार दह्रो हुनुपर्छ कानून बनाउनुस् राम्रो ।
विश्वको नै केन्द्रविन्दु नेपाल बन्छ हाम्रो ।।

सम्बन्धित समाचार

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०७४ फाल्गुन ७, ०६: ३१

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...

देबि घिमिरेको मनझोलि लोकार्पण
देबि घिमिरेको मनझोलि लोकार्पण
  • २०७४ फाल्गुन ७, ०६: ३१

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...

नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
  • २०७४ फाल्गुन ७, ०६: ३१

ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...