अमेरिकाको फ्लोरिडा पार्कल्याण्डस्थित एउटा स्कुलमा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ । पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइ स्कुलमा स्कुलकै १९ वर्षिय पूर्व विद्यार्थीले अन्धाधुन्ध गोली चलाएको र गोली लागेर १७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताए ।
स्थानीय समय अनुसार बुधबार बिहान पार्कल्याण्डको मार्जोरी स्टोनम्यान डग्लस हाइस्कुलमा अन्धाधुन्ध गोलो चलेको हो । गोली लागी अन्य कतीपय विद्यार्थीहरू घाइते भएको जनाएको छ । १२ जनाको स्कुल भित्रै, दुई जनाको स्कुल बाहिर, एक जनाको स्कुल नजिकैको रोडमा र दुई जनाको हस्पिटलमा मृत्यु भएको बताइएको छ । अन्धाधुन्द गोली चलाउने १९ वर्षिय निकोलस क्रुजलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही सुरु गरिएको बताइएको छ ।
बन्दुकधारी, क्रुजलाई सोही स्कुलबाट अनुशासनहीनताका कारण केही समय अघि निकालिएको थियो । सन् २०१२ यता विद्यालयमा भएको सबैभन्दा ठूलो र घातक गोलीकाण्ड हो । सन् २०१२ मा कनटिकटमा एक विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको । गोली लागेर घाइते भएका थप १७ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर बताइएको छ ।
एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...
काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...
काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...