मालदिभ्समा संकटकाल ३० दिनको लागि गरिएको छ । मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमीनको आग्रहमा संसदले थप ३० दिन सङ्कटकाल लम्ब्याउन सहमति गरेको हो । यस सम्बन्धमा मालदिभ्सको ८५ सदस्यीय संसदमा मतदान हुँदा सङ्कटकाल थप एक महिनाका लागि बढाउने पक्षमा बहुमत जुटेको थियो ।
मालदिभ्सको सर्वोच्च अदालतको फेब्रुअरी १ मा थुनामा रहेका प्रतिपक्षी दलका नेताहरू तथा स्वघोषित निर्वासनमा रहेका पूर्व राष्ट्रपति मोहमद नसीदको रिहाईका लागि आदेश गरेको थियो । त्यसपछि राष्ट्रपति यामिनले राष्ट्रिय सुरक्षामा चुनौति तथा संवैधानिक सङ्कट बढेको भन्दै गत १५ दिनदेखि सङ्कटकाल घोषण गरेका हुन् । संसदमा भएको मतदानमा प्रतिपक्षी दलका विधायकले भने सहभागी भएनन् ।
एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...
काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...
काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...