कविः माधव साधक परियार
दुई हजार चौहत्तर साल फागुन सोह्र आज ।
मेरो मनको भाव राख्नथालेँ हजुरहरु माझ ।।
विश्वको नै शुभचिन्तक माधव मानव नाउँँ ।
विगेन नेपाल परिवारलाई सधैं भेट्न पाउँ ।।
श्रद्धा प्रेमले खुसी भई खेलौं आज होली ।
सधैंभरी मुस्कुराउँ बोलौं नम्र बोली ।।
प्रेम भावले खेल्यो भने पर्व राम्रो होली ।
राम्रो काम गर्नलई नभनौं है भोली ।।
नेपाली भई नेपालीलाई सोचौं यौटै घरको ।
विरानो पराई यहाँ कोही छैन अर्को ।।
रगतको नाताभन्दा भावनाको नाता ।
गहिरो हुन्छ स्वयम् ठानीदिन्छ उसले साथ ।।
विगेन नेपाल मलाई साह्रै लागेको छ राम्रो ।
ठानेको छु हृदयबाट परिवार नै हो हाम्रो ।।
विगेन नेपाल परिवारलाई भुल्नेछैन कहिले ।
त्यसैलेत भेट्न आएँ हजुरहरुलाई अहिले ।।
मानिस हौं हामीभित्र बस्छ सधैं हरी ।
हाम्रो नाता छुट्नेछैन जनम जनम भरी ।।
माधव पनि एकदिन पक्कै विश्व प्रसिद्ध हुन्छ ।
निरन्तरको यात्राले नै चन्द्रमालाई छुन्छ ।।
सक्छु गर्छु हुन्छ भन्ने संकल्प नै लिएर ।
हिड्नुपर्छ हजुर हामी आज यतिखेर ।।
निरन्तरता दिएपछि जस्तै काम नि हुन्छ ।
परहितकारी काम गर्नलाई जस्ले पनि हुन्छ ।।
परहितकारी काम गर्ने मानिस त्यही नै हो हरी ।
उसको चर्चा फैलिन्छ सारा संसारभरि ।।
सीधा कुरा प्रष्ट विचार राख्ने मानिस हुँ म ।
सबैसँग प्रेम गर्छ साहसिक छु म ।।
विगेन नेपाल मेरो प्राण हो भाषा राम्रो हुन्छ ।
मेरो लेख कविताले सबैको मन छुन्छ ।।
सुख शान्ति समृद्धि सबैलाई चाहिन्छ ।
यो ध्यान साधना गर्नुस् आफैंभित्र पाइन्छ ।।
आनन्द र खुसी खोज्दै धेरै ठाउँमा डुलेँ ।
जीवन विज्ञान पाएपछि त्यही ठाउँमा भुलेँ ।।
विश्वको नै मेरुदण्ड मै त हो नि मान्छे ।
जहाँसुकै गए पनि आफैं लिडर भान्से ।।
यौटै हामी जहान परिवार हो भएका छौं भेला ।
प्रेमश्रद्धाको माला गाँसौं भेट भएको बेला ।।
सन्तोषी डंगोल सुविर साही राज चौंलागाई ।
हजुरहरुलाई भेट्नलाई यहाँसम्म आएँ ।।
स्वस्तीका पौडेल कल्पना गौतम् रुथ सुब्बा नानी ।
गंगा जमुना सरस्वती हो मलाई लाग्यो ज्ञानी ।।
मनिषा तिवारी महाशक्ति श्रद्धा प्रेमको भण्डार ।
विगेन नेपाल परिवारले बदल्नु छ संसार ।।
आजदेखि हजुर हामी यौटै परिवार ।
एकअर्काको परिपूरक हो भरपर्दो आधार ।।
होली खेल्न आएको थिएँ मत गौरीघाट ।
अहिले चाहिँ बिदा लिएँ हजुरहरुबाट ।।
काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...