कोहीले आफ्नै घरमा आगो लगाउँछन् – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

कोहीले आफ्नै घरमा आगो लगाउँछन्

कविता

कविः माधव साधक परियार


आफ्नै घरमा आगो लगाउने मानिस पनि हुन्छन् ।
चेतनाको कमीले गर्दा धरु धुरु रुन्छन् ।।

पहिले सोच्या भएदेखि रुनु पर्ने थिएन ।
अहंकारले बुद्धि भुट्यो केही सोच्नै दिएन ।।

म¥या बाघको जुँगा तन्न सक्छन् जसले पनि ।
जिउँदो बाघको मुखमा हात हाल्न सक्नुपर्छ त नि ।।

त्यस्ता मानिसलाई भन्छन् साहसी हिम्मतदार ।
त्यस्ताले विकास गर्छ बदल्छ संसार ।।

घरमा आगो लगाउनेलाई पुरस्कार खरानी ।
मात्रै पाउँछ बास बस्नलाई कसको घरमा जानी ।।

आफैंलाई धक्का लाग्छ खुट्टा तान्ने बानी ।
सोच्नुस् पहिले रोएर नै बित्ला जिन्दगानी ।।

पहिवारकै खुट्टा तानी केही फाइदा छैन ।
बेला छँदै सोच्ने गर्नुस् राम्रो बानी हैन ।।

दुई हजार चौहत्तर साल फागुन महिना थियो ।
खुट्टा तानी पछार्न खोज्नेको आँखा खोलिदियो ।।

मानिस भै जन्मेपछि सबैका हित गर्नु राम्रो ।
चेतनशील सर्वश्रेष्ठ मानिस जीवन हाम्रो ।।

हित गर्न सक्दैनौ भने नपु¥र्यादेउ हानी ।
देव दुर्लभ मानिस नै हो सफल जिन्दगानी ।।

सम्बन्धित समाचार

नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
नेपाल तथा भारतका २८ जना प्राज्ञलाई नइ प्रज्ञा पुरस्कार
  • २०७४ चैत्र ५, ०८: ५२

काठमाडौँ। नइ एकेडेमीद्वारा आयोजित ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’मा सहभागी प्राज्ञहरुबाट आआफ्ना मन्तव्यपछि त्रिदिवसीय ऐतिहासिक सम्मेलनको समापन भएको छ ।समारोहमा...

देबि घिमिरेको मनझोलि लोकार्पण
देबि घिमिरेको मनझोलि लोकार्पण
  • २०७४ चैत्र ५, ०८: ५२

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक...

नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
  • २०७४ चैत्र ५, ०८: ५२

ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको...