
नयाँ बिकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेसँग नाम मिल्ने गरी पार्टी कार्यालयका साईन बोर्डहरु परिवर्तन गर्न थालेका छन् ।
२०७५ साल जेठ तीन गते पनि तत्कालिन नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद शर्मा ओली र तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता र शक्तिको आडमा निर्वाचन आयोगलाई दबाबमा राखेर ऋषिराम कट्टेलको दल नेकपासँग नाम मिल्ने गरी अर्को नेकपा नामको दल दर्ता गराएका थिए ।
दुई पार्टी एकीकरणपछि दलको नाम राख्ने र आयोगमा दर्ता गर्ने क्रममा कट्टेलको दलसँग हुबहु दुरुस्त मिल्ने गरी अर्को नेकपा भन्ने दल दर्ता गराए पनि हिँजो फागुन २३ गते सर्वोच्च अदालतले निर्वाचन आयोगको सो कदमलाई अबैध ठहर गरेको थियो ।
सर्वोच्च अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपा नामको राजनीतिक दल यथावत रहेको अवस्थामा सोही नामसँग मिल्दो जुल्दो अर्को नाम दर्ता गर्न नमिल्ने भन्दै निर्वाचन आयोगलाई आदेश दिएको थियो ।
तर निर्वाचन आयोगले नेकपा भनी झण्डै अढाई वर्षसम्म देशको शासन सत्ता सम्हालेको ओली र दाहाल नेतृत्वको राजनीतिक संगठनलाई के नाम दिने भनेर निर्णय गरिसकेको छैन् । तर नेकपामा आन्तरिक बिबाद चुलिँदै गएको बेला प्रधानमन्त्री ओली पक्षधर नेताहरुले जिल्ला जिल्लामा नेकपा एमाले भनेर साईन बोर्ड राख्न थालेका छन् ।
निर्वाचन आयोगले एक वर्ष अघि नै सन्ध्या तिवारी नाम गरेकी नेपाली नागरिकको नेतृत्वमा नेकपा एमाले नामक राजनीतिक दल दर्ता गरेपछि सो दल अस्तित्वमा छ । तर, सत्ता र शक्तिको आडमा प्रधानमन्त्री ओली निकटका नेताहरुले सन्ध्या तिवारीले नेतृत्व गरेको नेकपा एमालेलाई थाहै नदिई पुनः तिवारीको दलमाथि धावा बोलेका छन् ।
नेकपा नामक राजनीतिक दलको बैधानिकता ऋषिराम कट्टेलले पाईसकेको अवस्थामा एकीकृत भइ गठन भएको ओली र दाहाल नेतृत्वको नेकपालाई अर्को के नाम दिने भनेर निर्वाचन आयोगले निर्णय दिन सकेको छैन् । तर, ओली पक्षधर नेताहरुले तिवारीको दलसँग एकीकरण नै नगरी धमाधम नेकपा एमाले भन्दै साईन बोर्ड टाँग्न थालेका हुन् ।
सर्वाेच्च अदालतले नेकपाको नामसम्बन्धी विवादमा ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि ओली समूहमा लागेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सोमबार आफ्नो गृह जिल्ला मोरङमा रहेको नेकपाको पार्टी कार्यालयमा नेकपा एमालेको होर्डिङ बोर्ड राखेका छन् ।
विराटनगर महानगरपालिका वडा नं ११ स्थित पाञ्चालीमा रहेको मदन स्मृति भवनमा रहेको तत्कालिन नेकपाको जिल्ला कार्यालयलाई नेकपा एमालेको जिल्ला कार्यालय बनाइएको छ । सो भवनमा तीन वर्षअघि नेकपा एमालेकै जिल्ला पार्टी कार्यालय थियो ।
यस्ते, हेटौँडा उपमहानगरपालिका–५ पुष्पलालपार्कस्थित नेकपाको पार्टी कार्यालयमा सोमबार नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको हो । प्रधानमन्त्री ओली पक्षका नेता तथा कार्यकर्ताहरुले नेकपा एमालेको बोर्ड राखेका हुन् ।

आइतबार ओली समर्थकले सर्वोच्चको फैसलालाई स्वागत गर्दै हेटौँडामा विजय जुलुस निकाल्दै दीप प्रज्वलन गर्दै लड्डु बाँडेका थिए । अदालतको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत रुपमा साविककै स्वामित्वमा रहने गरी फैसला गरेको भन्दै पूूर्व नेकपा एमाले नेताहरु सोही नाम राख्न हौसिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि प्रचण्ड माधव समूहका पूर्व एमालेका नेता तथा कार्यकर्ताले पार्टी जिल्ला कार्यालय आफूहरुको भएको दाबी गर्दै आएका थिए । तर, पूर्व एमालेले मोरङ र मकवानपुरमा नेकपाको जिल्ला पार्टी कार्यालय आफ्नो नियन्त्रणमा लिएका हुन् ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...