फिर्केले ल्यायो नयाँ गीत – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

फिर्केले ल्यायो नयाँ गीत

काठमाडौ । ‘ईकु’को नामले चर्चित सुलेमान शंकरले आफ्नो नयाँ नेपाली चलचित्र ‘फिर्के’को पहिलो गीत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल युट्युवबाट रिलिज गरिएको चट्टै… बोलको यो गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर रहेको छ ।
यो गीतलाई सुबाष भुषालले संगीत दिएका हुन् ।

गीतलाई लेखु सहयात्रीले लेखेका हुन् । गीतको भिडियोमा सुलेमान शंकर ’ईकु’ र नव(नायिका क्रिष्टिना पौडेलको नृत्य रहेको छ । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । पौष १४ गते रिलीज हुने ’फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यो चलचित्रलाई २७ बर्ष कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन् । छ वटा नेवारी (नेपाल भाषा)का चलचित्रहरु निर्देशन गरेर तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ’बेमान’को नामले परिचित रविले पहिलो नेपाली भाषाको चलचित्र निर्देशन गरेका हुन् । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ’फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । चलचित्रलाई काठमाडौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन् ।
यसअघि ’ईकु’ र ’ईकु २’ चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ’फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेका छन् । यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ ।

सम्बन्धित समाचार

‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
‘गंगारानी’मा वर्षा शिवाकोटी अनुबन्धित
  • २०७४ मंसिर ४, ०९: ५२

काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत...

‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा
‘मितज्यू’ र ‘काजी’ आजदेखि एकसाथ प्रदर्शनमा
  • २०७४ मंसिर ४, ०९: ५२

काठमाडौँ ।  आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्। मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’...

चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९ बाट प्रदर्शनमा आउने
चलचित्र ‘बाः एक योद्धा’को वितरण कुवेर सिने डिस्ट्रिब्युसनलाई, भदौ १९ बाट प्रदर्शनमा आउने
  • २०७४ मंसिर ४, ०९: ५२

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को वितरण अधिकार कुवेर सिने डिस्ट्रिब्युसनले प्राप्त गरेको छ । निर्माता वसन्त लम्साल र कुवेर...